साउदी युद्धमा अमेरिकी सहयोग बन्द गर्ने विषयमा सिनेटमा मतदान | Khabarhub Khabarhub

साउदी युद्धमा अमेरिकी सहयोग बन्द गर्ने विषयमा सिनेटमा मतदान


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– यमनमा साउदी अरबले लडिरहेको युद्धबाट अमेरिकी सहयोग बन्द गर्ने विषयमा अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार मतदान हुँदैछ ।

यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले लडिरहेको युद्धबाट मानवीय तथा रणनीतिक विपत्ती उत्पन्न भइरहेको भन्दै सिनेटमा रिपब्लिकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्याण्डर्सले यमन युद्धमा साउदी अरबलाई गर्दै आएको अमेरिकी सहयोग बन्द गर्ने विषयमा गरेको प्रस्तावमा बुधबार मतदान हुन लागेको हो ।

बुधबार सिनेटमा हुन लागेको मतदान पछिल्लो चार महिनामा दोश्रो पटक हो । गत डिसेम्बरमा सिनेटमा यमनमा जारी युुद्धमा साउदी अरबलाई दिइँदै आएको अमेरिकी सहयोग बन्द गर्ने विषयमा भएको मतदान ५६ का विरुद्ध ४१ मतले पारित भएको थियो ।

त्यसबेला टर्कीको इस्तानबुल शहरमा रहेको साउदी दूतावासभित्रै अमेरिकी स्थायी बसोबास अनुमतिप्राप्त साउदी पत्रकार जमाल खशोग्जीको हत्या भएपछि अमेरिकाले साउदी अरबले यमनमा गर्दै आएको सैन्य कारवाहीमा अमेरिकी सहयोग बन्द गर्नुपर्ने विषयमा मतदान भएको थियो ।

तर, उक्त प्रस्ताव औपचारिक रुपमा पारित हुन गत जनवरीबाट नयाँ कार्यकाल लिएर शुरु भएको सिनेटबाट पारित हुनुपर्ने प्रवधान अनुसार बुधबार मतदान हुन लागेको हो । यो मतदानबाट प्रस्ताव पारित भएमा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पनि पारित हुनुपर्ने प्रावधान छ ।

हाउस अफ रिप्रेजेन्टेटिभबाट पनि यो प्रस्ताव पारित भएमो राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षार गरेपछि मात्रै यो कार्यान्वयनमा आउनेछ ।
तर, राष्ट्रपति ट्रम्पले भने अमेरिका र साउदी अरबबीचको रणनीतिक सम्बन्ध महत्वपूर्ण रहेको र यस सम्बन्धलाई जोगाउन साउदी अरबलाई दिइँदै आएको सैनिक सहयोग महत्वपूर्ण रहेको बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी – साउदी सम्बन्धलाई मध्यनजर गर्दै साउदी अरबविरुद्धका प्रस्तावहरु भिटो प्रयोग गर्दै त्यसमा हस्ताक्षार नगर्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : २४ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको