साउदी युद्धमा अमेरिकी सहयोग बन्द गर्ने विषयमा सिनेटमा मतदान « Khabarhub

साउदी युद्धमा अमेरिकी सहयोग बन्द गर्ने विषयमा सिनेटमा मतदान


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– यमनमा साउदी अरबले लडिरहेको युद्धबाट अमेरिकी सहयोग बन्द गर्ने विषयमा अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार मतदान हुँदैछ ।

यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले लडिरहेको युद्धबाट मानवीय तथा रणनीतिक विपत्ती उत्पन्न भइरहेको भन्दै सिनेटमा रिपब्लिकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्याण्डर्सले यमन युद्धमा साउदी अरबलाई गर्दै आएको अमेरिकी सहयोग बन्द गर्ने विषयमा गरेको प्रस्तावमा बुधबार मतदान हुन लागेको हो ।

बुधबार सिनेटमा हुन लागेको मतदान पछिल्लो चार महिनामा दोश्रो पटक हो । गत डिसेम्बरमा सिनेटमा यमनमा जारी युुद्धमा साउदी अरबलाई दिइँदै आएको अमेरिकी सहयोग बन्द गर्ने विषयमा भएको मतदान ५६ का विरुद्ध ४१ मतले पारित भएको थियो ।

त्यसबेला टर्कीको इस्तानबुल शहरमा रहेको साउदी दूतावासभित्रै अमेरिकी स्थायी बसोबास अनुमतिप्राप्त साउदी पत्रकार जमाल खशोग्जीको हत्या भएपछि अमेरिकाले साउदी अरबले यमनमा गर्दै आएको सैन्य कारवाहीमा अमेरिकी सहयोग बन्द गर्नुपर्ने विषयमा मतदान भएको थियो ।

तर, उक्त प्रस्ताव औपचारिक रुपमा पारित हुन गत जनवरीबाट नयाँ कार्यकाल लिएर शुरु भएको सिनेटबाट पारित हुनुपर्ने प्रवधान अनुसार बुधबार मतदान हुन लागेको हो । यो मतदानबाट प्रस्ताव पारित भएमा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पनि पारित हुनुपर्ने प्रावधान छ ।

हाउस अफ रिप्रेजेन्टेटिभबाट पनि यो प्रस्ताव पारित भएमो राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षार गरेपछि मात्रै यो कार्यान्वयनमा आउनेछ ।
तर, राष्ट्रपति ट्रम्पले भने अमेरिका र साउदी अरबबीचको रणनीतिक सम्बन्ध महत्वपूर्ण रहेको र यस सम्बन्धलाई जोगाउन साउदी अरबलाई दिइँदै आएको सैनिक सहयोग महत्वपूर्ण रहेको बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी – साउदी सम्बन्धलाई मध्यनजर गर्दै साउदी अरबविरुद्धका प्रस्तावहरु भिटो प्रयोग गर्दै त्यसमा हस्ताक्षार नगर्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : २४ बजे

कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर