आणविक निशस्त्रीकरणका विषयमा छलफल गर्न कोरियाली प्रतिनिधि अमेरिका प्रस्थान « Khabarhub

आणविक निशस्त्रीकरणका विषयमा छलफल गर्न कोरियाली प्रतिनिधि अमेरिका प्रस्थान


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाका एकजना उच्च अधिकारी उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रक्रियाबारे छलफल गर्न अमेरिका प्रस्थान गरेका छन् ।

उत्तर कोरियाको आणविक निशस्त्रीकरणबारे अमेरिकी अधिकारीसँग प्रत्यक्ष वार्ता गर्नका लागि दक्षिण कोरियाली विदेशमन्त्रालय अन्तर्गतको शान्ति सम्बन्धी महानिर्देशक रि डोङ योल अमेरिका प्रस्थान गरेका हुन् ।

उनले उत्तर कोरियाको आणविक निशस्त्रीकरणका सम्बन्धमा उत्तर कोरियाका लागि विशेष अमेरिकी प्रतिनिधि एलेक्स वोङसँग छलफल गर्ने कार्यक्रम छ । त्यस छलफलका क्रममा दक्षिण कोरिया तथा अमेरिकाका उत्तर कोरियाली मामिलासँग सम्बन्धित वरिष्ठ पदाधिकारी पनि सहभागि रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दक्षिण कोरियाली तथा अमेरिकी वरिष्ठ अधिकारीबीच हुन लागेको यो पहिलो छलफल हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ९ : ४० बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा