युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री « Khabarhub

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३-८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।

मन्त्री यादवले मन्त्रालयका बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र सम्पन्न गर्न र बेरुजु फछ्र्योटलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिए। उनले निर्धारित लक्ष्य पूरा गर्न ढिलाइ नगरी आवश्यक बजेट माग गरेर भए पनि समयमै काम सम्पन्न गर्न आग्रह गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश मल्लले पहिलो त्रैमासिकमा सम्पन्न हुन नसकेका कार्यक्रमलाई आगामी त्रैमासिकमा पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव डा. दीपक काफ्लेले सीपयुक्त जनशक्ति उत्पादनलाई मन्त्रालयले प्राथमिकता दिएको बताए।

मन्त्रालयका ३० ‘माइलस्टोन’ मध्ये १० वटा सम्पन्न भएको जानकारी दिँदै उनले बाँकी कार्य समयमै पूरा गर्नुपर्ने बताए।

समीक्षामा राष्ट्रिय युवा ऐन जारी गर्न कानुन मन्त्रालयमा सहमतिका लागि मस्यौदा पठाइएको, युवा दृष्टिकोण २०४० को मस्यौदा तयार भएको, एक हजार २०० जनाको सीप परीक्षणका लागि समझदारी भएको र ६३ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएकोलगायत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ६ : २७ बजे

बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा

गङ्गा किनारमा देव दीपावलीको रौनक (तस्बिरहरू)

काठमाडौं– भारतको वाराणसीमा कार्तिक पूर्णिमाका अवसरमा मंगलबार देव दीपावली मनाइँदै

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री

काठमाडौँ– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी

सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

एजेन्सी– सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स

कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट