जब बलिउड हस्ती गुल्सन ग्रोबरले नेपालको तारिफ गरे … « Khabarhub

जब बलिउड हस्ती गुल्सन ग्रोबरले नेपालको तारिफ गरे …


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नब्बेको दशकमा बलिउडमा एकपछि अर्को हिट फिल्म दिएका चर्चित अभिनेता गुल्सन ग्रोभर नेपाल आएका छन् । उनी आफूले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रचारका लागि काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंको पाटनस्थित पाटन दरबार स्क्वायरमा गुल्सनले नेपाली फ्यानसँग साक्षात्कार गरे ।

दर्शकलाई पूर्व जानकारी नदिई फिल्म निर्माण टिमले पाटन दरबार स्क्वायर परिसरमा प्रचारात्मक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा गुल्सनले आफूलाई नेपाल आउँदा खुशी लागेको बताए । साथै उनले यसअघि पनि तीनपटक नेपाल आइसकेको बताए ।

‘नेपाल आएर दिल गार्डेन गार्डेन भयो,’ गुल्सनले हिन्दीमा भने, ‘नेपाल यति राम्रो लाग्छ कि, नेपालको संस्कृति, नेपालका जनता र नेपालको खाना र नेपालको इमान्दारिता निकै राम्रो लाग्छ ।’

उनले यसअघि पहिलोपटक नेपालमा आफ्नो साथी मनीषा कोइराला (बलिउड अभिनेत्री) आएको सम्झिए । त्यसपछि अर्कोपटक फिल्मको शूटिङका लागि नेपाल आएको र अहिले प्रचारका लागि पनि आएको उनले बताए ।

गुल्सनले नेपालप्रति माया देखाउँदा उपस्थित दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।

‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोण्डुप, निर्माता नकिम उदिन, नायिका आना शर्मा लगायत उपस्थित थिए । चैत्र १ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा नेपाली कलाकारसँगै हलिउड अभिनेता जोश मेनुअलको पनि अभिनय छ । यस्तै फिल्ममा आना शर्मा, गुल्सन ग्रोबर, हमिद शैख, शिशिर वाङ्देल, आमिर गौतम, निर शमा, कर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

रिलिजको मिति नजिकिए पनि निर्माण टिमले फिल्मलाई दर्शकमाझ पु–याउन सकेको छैन । आउँदो शुक्रवारदेखि नेपालका हलमा रिलिज हुने यो फिल्मको प्रचारका लागि गुल्सन नेपाल ओर्लिएका हुन् ।

तस्वीर – कृष्ण खत्री

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : १९ बजे

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट