आपराधिक गतिविधि कै कारण विप्लव नेकपामाथि प्रतिबन्ध : प्रधानमन्त्री « Khabarhub

आपराधिक गतिविधि कै कारण विप्लव नेकपामाथि प्रतिबन्ध : प्रधानमन्त्री


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लुकर आपराधिक गतिविधी गरेका कारण सरकारले प्रतिबनध लगाएको जनाएका छन् ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेत्रविक्रम चन्द विप्लवको पार्टीले लुकेर आपराधिक गतिविधि गरिरहेकाले लुटपाट छाडेर शान्तिपूर्ण बाटोमा हिड्न आग्रह गरेको समेत जनाए ।

विप्लव नेतृत्वको नेकपाले विकास हुन नदिने, विभिन्न जलविद्युत केन्द्रमा आक्रमण गर्ने, विभिन्न टेलिफोन टावरमा आक्रमण गर्ने, वैदेशिक लगानी भित्र्याउने वातावरण बन्न नदिने, विकास खर्चका नाममा आएको पैसालाई चन्दाका नाममा लुटपाट गर्नेलगायतका काम गर्दै आएको जनाउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कार्य नगर्न आग्रह गरेको समेत जनाए ।

त्यसबाहेक विप्लव नेतृत्वको नेकपाले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्ने विध्वंशात्मक तथा अमानवीय गतिविधि गरिरहेकाले पनि त्यस समूहमाथि प्रतिबन्ध लगाउनु परेको जनाए । प्रधानमन्त्री ओलीले सरकारको काम शािन्त स्थापना गर्ने भएकाले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर आफ्नो कर्तव्य पूरा गरेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : १५ बजे

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी

अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय

आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो

वैदेशिक रोजगारसँग सम्बन्धित अव्यवहारिक ऐन संशोधन गर्न आग्रह

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार