संगीत समीक्षा-२०७५ : लोकगीतले आधुनिक गीतलाई माथ खुवाएको वर्ष « Khabarhub

संगीत समीक्षा-२०७५ : लोकगीतले आधुनिक गीतलाई माथ खुवाएको वर्ष



काठमाडौंर्‍ पछिल्ला केही वर्ष लोकगीतमा अचाक्ली विसङ्गति मच्चियो । केही समय त दर्शकले ती गीत सुन्ने चेष्टा गरे । तर, ती गीतको आयु क्षणभरमै मरेर गयो ।

लोकगीतबाट छाडापन लापत्ता हुँदै गएपछि भने अहिले लोकगीत सुन्ने दर्शक बढ्दै गएका छन् । यस वर्ष रिलिज भएका धेरै सिनेमाले दर्शकको मन जिते । चाडपर्वको छेको पारेर सबैभन्दा धेरै सार्वजनिक हुने ‘तीजका गीत’ मा पनि यस वर्ष ‘छाडापन’ हावी हुन पाएन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि अश्लील गीतमा सेन्सर लगाउने सम्बन्धी लामो समय बहस चलायो ।

छाडा गीत गाएरै चर्चामा आएका ज्योति मगरहरु पनि पहिलेका वर्षका तुलनामा गौण रहे । अर्कातिर लोक तथा दोहोरी गीतमा पनि सिर्जनात्मकताको खोजी गरियो । सार्वजनिक भएका हजारौं गीतमध्ये केही गीतले लोकगीत नसुन्ने दर्शक तथा स्रोताको समेत ध्यान ताने । लोकगीतका म्युजिक भिडियोहरुमा दर्शकले जिब्रो टोक्नुपर्ने अवस्था कमै रह्यो यो वर्ष ।

यस वर्ष ‘बोल माया’, ‘सालको पात टपरी’ ‘लालुमै’, ‘केसरी’ लगायतका गीतहरु सर्वाधिक चर्चामा रहे । गायिकामा यस वर्ष विष्णु माझीले आफूलाई ‘टप’ मा राखिन् । उनले स्वर दिएका गीतहरु अन्य गायिकाका तुलनामा बढी चर्चित बने । यस वर्ष गायिका शान्तिश्री परियारको पनि चर्चामा आइन् । उनले ‘बोल माया’ मा दिएको स्वरलाई धैरैले रुचाए ।

वर्षको शुरुवाततिर सार्वजनिक भएको लोकगीत ‘पानी सलल’ पनि चर्चामा रह्यो । सोही गीतबाट गायक बद्री पंगेनी चर्चामा रहे । यस्तै गायकमा प्रकाश सपूत, कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, बसन्त थापालगायतका कलाकारको बढी चर्चा भयो ।

लोकगीतको म्युजिक भिडियोमा पनि नयाँ प्रयोग र नयाँ निर्देशकको आगमन हुँदा पुराना र स्थापित निर्देशकहरु खासै चर्चामा रहेनन् । बरु यस वर्ष युट्युबमा लोकगीत पनि एकपछि अर्को गर्दै ट्रेन्डिङमा आए । चर्चाका हिसाबले गायक पशुपति शर्माको पनि उत्तिकै चर्चा रह्यो । उनले आफ्नै संगीत र स्वरमा तयार पारेको गीत ‘लुट्न सके लुट्’ मा विवाद आएपछि उनी मिडियामा पनि ‘हट केक’ बने । सार्वजनिक गरिसकेको उक्त गीत उनले युट्युबबाट हटाउनुपर्ने अवस्था आयो ।

त्यसपछि संगीत क्षेत्रमा ‘सेन्सर’ लागेको भन्दै बहस पनि चल्यो ।

लोकशैलीले छोपियो संगीत

वर्षको अन्तसम्म आइपुग्दा नेपाली संगीत बजार (फिल्ममा समेत) लोकशैलीका गीततर्फ ढल्कियो । पुराना लोकशैलीका गीतलाई कभर गरेर गीतमा नयाँ प्राण हाल्ने प्रयास पनि यस वर्ष भयो । युट्युबबाट चर्चामा आएका गायक नितेशजंग कुँवर पनि वर्षभरि चर्चामा रहे । उनले आफ्ना गीतमा लोक फ्लेबर समावेश गरेको पाइन्छ ।

यस वर्ष सिनेमाका गीतमा पनि लोक फ्लेबरका गीत नै बढी बजारमा आए । लोकशैलीले पप गीतदेखि सिनेमाका गीतमा पनि प्रभाव पार्‍यो ।

‘र्‍याप’को हालीमुहाली

वर्ष २०७५ लोकशैलीको पुनरागमनका वर्षका रुपमा रह्यो । र्‍याप गीतमा पनि लोकशैली मिश्रित गीत सार्वजनिक गरिए । यस वर्ष तुलनात्मक रुपमा लोकशैलीका गीत पछि र्‍याप गीतहरु दर्शकले रुचाए । र्‍यापर युनिक पोयट, भीटेन र साकारको बढी चर्चा भयो । र्‍याप गीतको दुनियाँमा सधै चर्चामा रहने लाउरेले भने यस वर्ष कुनै गीत सार्वजनिक गरेनन् ।

आधुनिक गीतको धरमर बजार

यस वर्ष संगीत क्षेत्रमा तुलनात्मक रुपमा अन्य विधाभन्दा आधुनिक गीत केही पछि रह्यो । आधुनिक गायक तथा गायिकाहरुले सार्वजनिक गरेका गीतहरु दर्शकको ठूलो जमातसम्म पुग्न सकेनन् । आधुनिक गीतमा रमाएका कलाकार पनि फिल्मका गीतमै बढी रमाए । उत्पादनका हिसाबले आधुनिक गीतको कम सार्वजनिक भए ।

यद्यपि केही आधुनिक गीतहरुले भने दर्शकको मन जिते । यस वर्ष आधुनिक शैलीको गीत गाएर बालगायक अशोक दर्जी चर्चामा रहे । त्यसो त उनी युट्युबमा पहिले नै भाइरल भइसकेका थिए ।

गायिका अञ्जु पन्त र मेलिना राई वर्षभरि नै चर्चामा रहे । यस वर्ष समीक्षा अधिकारी र प्रविशा अधिकारीको पनि चर्चा भयो । गायकतर्फ भने सबै गायकको उत्तिकै चर्चा भयो । यद्यपि तुलनात्मक आधुनिक गीतप्रति दर्शकको रुचि कम भएको देखियो ।

‘रियालिटी शो’ को क्रेज

संगीतलाई नै टार्गेट गरेर यस वर्ष दुई रियालिटी शो ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल ल्याइए । यी दुई ‘शो’ मा समेत लोकशैलीका गीतको हालीमुहाली देखियो । अझ ‘द भ्याइस अफ नेपाल’ ले त झन् लोकगीतका लागि विशेष स्थान नै दियो । यी दुवै ‘शो’ ले संगीतको बजारलाई उकास्न भूमिका खेलेको संगीतकर्मीहरु बताउँछन् । यी दुई शो ले नयाँ कलाकारको पनि चर्चा रह्यो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  २ : २९ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको