पाकिस्तानमा नेपाली खाद्य महोत्सव « Khabarhub

पाकिस्तानमा नेपाली खाद्य महोत्सव


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरियो ।

राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा आयोजित उक्त महोत्सवमा नेपालको साङ्गीतिक समूह ‘कुटुम्ब’ले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

गत बिहीबार सम्पन्न नौ दिवसीय उक्त महोत्सवको पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र पाकिस्तानका विदेशसचिव तेहेमिना जञ्जुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस अवसरमा राजदूत लम्सालले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताए।

दूतावासका अनुसार पाकिस्तानका विदेशसचिव जञ्जुले पाकिस्तानको पर्यटन प्रवद्र्धनमा नेपालको अनुभव र सीप उपयोगी हुने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १० : ०९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने