व्यायाम गरौ स्वस्थ्य रहौं भन्दै ‘रन फर फन’ « Khabarhub

व्यायाम गरौ स्वस्थ्य रहौं भन्दै ‘रन फर फन’


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यायाम गरौ स्वस्थ्य बनौ भन्ने नाराका साथ शनिबार ललितपुरमा ‘रन फर फन’ कार्यक्रम गरिएको छ ।

पशुपतिनाथ मन्दिर संरक्षण तथा व्यवस्थापन समिति, लालीगुराँस युवा क्लब र क्लव अफ भैसेपाटीले संयुक्त आयोजना गरेको दौड प्रतियोगितामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,वडाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

युवा युवतीका लागि प्रतियोगिता नै आयोजना गरिएको रन फर फनमा बालबालिका तथा अन्य उमेर समुहकाहरु पनि सहभागी थिए । दैनिक व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक हुने संदेश सबैसमक्ष पुर्याउने उद्देश्यले गरिएको रन फर फनका लागि ५ किलोमिटर को दुरी तय गरिएको थियो ।

दौड प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने युवा युवतीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले प्रमाणपत्र र गणेशको मुर्ति प्रदान गरेका थिए । रनफर फन भैसेपार्टी आवास क्षेत्रबाट सुरु भई खोकना बुंगमति हुँदै पुन सोही क्षेत्रमा आएर समापन भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ६ : ४६ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने