हेग अदालतले अफगान युद्ध अपराधको अनुसन्धान रोक्यो, अमेरिका खुशी | Khabarhub Khabarhub

हेग अदालतले अफगान युद्ध अपराधको अनुसन्धान रोक्यो, अमेरिका खुशी


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले अस्वीकार गरेको छ । अदालतको उक्त आदेशको अफगान युद्धमा विगत १७ वर्षदेखि उल्झिएको संयुक्तराज्य अमेरिकाले स्वागत गरेको छ ।

मानव अधिकारवादी समूहहरुले न्यायाधीशको उक्त निर्णयप्रति विमति राखेका छन् । अफगान युद्धबाट प्रताडित हजारौं पीडितको न्यायको खोजीमा अदालतको पछिल्लो आदेशले ठूलो अन्याय भएको अधिकारकर्मीको भनाई छ । दण्डहीनताका कार्यमा संलग्न विश्वभरका निःशृंस अपराधीहरुलाई यस आदेशले प्रोत्साहित गर्ने आशंका पनि गरिएको छ ।

“अहिलेकै परिस्थितिमा अफगानिस्तानमा अनुसन्धान थालनी गर्दा पीडितलाई न्याय दिलाउन कठिन हुने निश्कर्षमा न्यायाधीशहरु पुग्नु भएको छ,” दी हेगस्थित अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्यायाधीशहरुले अदालतको सीमित बजेटबाट अनुसन्धानलाई निश्कर्षमा पु¥याउन नसकिने बताएका छन् ।

अदालतका अभियोजनकर्ताहरुले सन् २००६ मै सन् २००३ देखि अफगानिस्तानको युद्ध अपराध र मानवता विरुद्धको अपराधको प्रारम्भिक जाँच थालेका थिए ।

सन् २०१७ मा प्रमुख अभियोजनकर्ता फाटु बेन्सोडाले तालिबान र अफगान सिपाही विरुद्ध मात्र होइन अमेरिकी सैनिक र अमेरिकी गुप्तचर निकाय सिआईए सहित अन्तर्राष्ट्रिय फौजका क्रियाकलापबारे पूर्ण जाँच गर्न अदालतसमक्ष आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत साता अमेरिकी सैनिकको छानबिनमा संलग्न हुने अदालतका कुनै पनि सदस्यलाई भिसा उपलब्ध नगराउने बताएको थियो । अदालतको कामकारबाहीबाट क्रुद्ध अमेरिकी प्रशासनले गाम्बियामा जन्मेका अभियोजनकर्ता बेन्सोडाको भिसा समेत खारेज गरिदिएको थियो ।

संयुक्तराष्ट्रसंघको सन् २००२ को सन्धि बमोजिम अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना भएको थियो । संयुक्त अधिराज्य बेलायत समेतका १२३ मुलुकले यस सन्धिलाई अनुमोदन गरिसकेका छन् ।

तर चीन, भारत, रुस र संयुक्तराज्य अमेरिका समेतका धेरै मुलुकले यस सन्धिलाई अनुमोदन गरेका छैनन् । कतिपय अफ्रिकी मुलुकहरुले अदालतले अफ्रिकी मुलुकलाई मात्र केन्द्रित गरेको आरोप लगाइरहेका छन् ।

अमेरिकी प्रशासनले आइसीसीको निरन्तर आलोचना गरिरहेको छ । अदालतले आफ्ना सैनिकमाथि राजनीतिक प्रतिशोध साँध्ने सम्भावना रहेको अमेरिकी तर्क छ ।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले अदालत गठन गर्नेसम्बन्धी सन्धिमा हस्ताक्षर गर्नुभएको थियो तर अमेरिकी कङ्ग्रेसले यो विधेयकलाई अनुमोदन गरेको छैन ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ८ : ०६ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट