आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच सहमति, आइतवारदेखि अस्पताल खुल्ने | Khabarhub Khabarhub

आन्दोलनरत सरकारी डाक्टर र सरकारबीच सहमति, आइतवारदेखि अस्पताल खुल्ने


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कर्मचारी समायोजनको विषयलाई लिएर गत शुक्रबारदेखि आन्दोलनरत सरकारी चिकित्सकसँग सरकारले वार्ता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ भएको वार्तामा सरकारले सरकारी चिकित्सक लाई १५ दिनसम्ममा समस्या समाधान गर्ने प्रतिवद्दता जनाएको छ ।

सरकारले समस्या समाधान का लागि १६ दिनको समय मागेकाले १५ दिनसम्मका लागि सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले खबरहबलाइ बताए । उनले भने, आज ससरकारले हाम्रो माग पूरा गर्न १५दिनको समय मागेको छ, त्यसैले हामीले भोलिदेखि १५ दिनसम्म अस्पतालको अाकस्मिक सेवा खुलाउने विषयमा सहमत भयौं । योसंगै भोलिदेखि देशभरका सरकारी अस्पताल सबै सेवा खुल्ने भएको छ ।

कर्मचारी समायोजनमा चिकित्सकको दरवन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै सरकारी चिकित्सकले गत शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको अाकस्मिक बाहेकको सेवा ठप्प पारेका थिए ।

चिकित्सकको अान्दोलनका कारण लाखौं बिरामी उपचार सेवा पाउन बाट वञ्चित भएपछि स्वास्थ्य मन्त्रालयले अान्दोलनरत चिकित्सकसँग वार्ता गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ९ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’