टेकुमा गुठीको पोखरी र बगैंचा मासेर गगनचुम्बी भवन, विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा « Khabarhub

टेकुमा गुठीको पोखरी र बगैंचा मासेर गगनचुम्बी भवन, विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित कान्तिपुर दैनिकले विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा गरिएको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

त्यस्तै उसले बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर बनाइए गगनचुम्की भवन भन्दै अर्कोै समाचार भित्रि पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै ‘स्वनियम छलेर मिडिया काउन्सिल शीर्षकको अर्को समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशन गरेको छ ।
जग्गा सम्बन्धी समाचारमा कान्तिपुर अगाडि लेख्छ–

संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे। दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसको आशय छ- ‘भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन।’ तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ। सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन। अधिकांश जग्गा किसानले कब्जा गरेका छन्।

केही जग्गा प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ। सतबरियाको वनघुस्रीस्थित १० बिघा जमिन मात्रै ठेक्कामा लगाइएको नेसंवि देउखुरी जग्गा व्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए । अन्य सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए । कतिपय पक्की घर बनाएर बसिसकेका छन् भने कतिले मौखिक रूपमै किनबेच गरिरहेका छन्। नेसंविले जग्गाको राजस्व तिरिरहे पनि आयस्ता केही पाउन सकेको छैन।

‘जग्गाको पोत नियमित बुझाइएको छ, आयस्ता केही पनि पाउन सकिएको छैन। द्वन्द्वमा कब्जा भएको जग्गामा अहिले विभिन्न व्यक्तिले रजाइँ गरिरहेका छन्,’ संयोजक अधिकारीले भने, ‘बिनाकागजात बिक्री गर्ने, घर बनाउनेजस्ता काम भइरहेका छन्। दानबाट पाएको जग्गा पनि कब्जा भयो।’

पहिले जग्गाकै आम्दानीबाट संस्कृत विद्यालय चल्थ्यो। शिक्षकको तलबसमेत खुवाइन्थ्यो। अहिले विश्वविद्यालयलाई आर्थिक रूपमा ठूलो क्षति भएको छ। नेसंविको राजपुरमा १ हजार १ सय ३२ बिघा १२ कट्ठा साढे १७ धुर, सतबरियामा १ सय ६८ बिघा ७ कट्ठा १७ धुर र गोबरडिहामा ३४ बिघा १९ कट्ठा १३ धुर जग्गा छ।

त्यसमध्ये ४ सय ८ बिघा १४ कट्ठा २ धुर जग्गामा मोही लागेको छ। जसमा २ सय ७७ जना मात्रै मोही छन्। सतबरियामा ८३ बिघा १४ कट्ठा १० धुर, गङीमा ८९ बिघा १२ कट्ठा १४ धुर, राजपुरमा २ सय १६ बिघा १२ कट्ठा ५ धुर र गोबरडिहामा १८ बिघा १४ कट्ठा १३ धुरमा मोही लागेको छ। बाँकी जग्गा अन्य व्यक्तिले कब्जा गरेका छन्।

त्यस्तै काठमाडौंको टेकुस्थित बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर निजी महल ठड्याइएका छन् । गुठियारकै मिलेमतोमा जग्गा भूमाफियाहरुको चंगुलमा परेर व्यक्तिगत बनेको गुठीका सदस्यहरु बताउँछन् । महल बनेको ठाउँमा कुनै बेला देवतालाई जल चढाउने पोखरी थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ३२ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान