टेकुमा गुठीको पोखरी र बगैंचा मासेर गगनचुम्बी भवन, विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा « Khabarhub

टेकुमा गुठीको पोखरी र बगैंचा मासेर गगनचुम्बी भवन, विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित कान्तिपुर दैनिकले विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा गरिएको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

त्यस्तै उसले बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर बनाइए गगनचुम्की भवन भन्दै अर्कोै समाचार भित्रि पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै ‘स्वनियम छलेर मिडिया काउन्सिल शीर्षकको अर्को समाचार कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशन गरेको छ ।
जग्गा सम्बन्धी समाचारमा कान्तिपुर अगाडि लेख्छ–

संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे। दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसको आशय छ- ‘भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन।’ तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ। सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन। अधिकांश जग्गा किसानले कब्जा गरेका छन्।

केही जग्गा प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ। सतबरियाको वनघुस्रीस्थित १० बिघा जमिन मात्रै ठेक्कामा लगाइएको नेसंवि देउखुरी जग्गा व्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए । अन्य सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए । कतिपय पक्की घर बनाएर बसिसकेका छन् भने कतिले मौखिक रूपमै किनबेच गरिरहेका छन्। नेसंविले जग्गाको राजस्व तिरिरहे पनि आयस्ता केही पाउन सकेको छैन।

‘जग्गाको पोत नियमित बुझाइएको छ, आयस्ता केही पनि पाउन सकिएको छैन। द्वन्द्वमा कब्जा भएको जग्गामा अहिले विभिन्न व्यक्तिले रजाइँ गरिरहेका छन्,’ संयोजक अधिकारीले भने, ‘बिनाकागजात बिक्री गर्ने, घर बनाउनेजस्ता काम भइरहेका छन्। दानबाट पाएको जग्गा पनि कब्जा भयो।’

पहिले जग्गाकै आम्दानीबाट संस्कृत विद्यालय चल्थ्यो। शिक्षकको तलबसमेत खुवाइन्थ्यो। अहिले विश्वविद्यालयलाई आर्थिक रूपमा ठूलो क्षति भएको छ। नेसंविको राजपुरमा १ हजार १ सय ३२ बिघा १२ कट्ठा साढे १७ धुर, सतबरियामा १ सय ६८ बिघा ७ कट्ठा १७ धुर र गोबरडिहामा ३४ बिघा १९ कट्ठा १३ धुर जग्गा छ।

त्यसमध्ये ४ सय ८ बिघा १४ कट्ठा २ धुर जग्गामा मोही लागेको छ। जसमा २ सय ७७ जना मात्रै मोही छन्। सतबरियामा ८३ बिघा १४ कट्ठा १० धुर, गङीमा ८९ बिघा १२ कट्ठा १४ धुर, राजपुरमा २ सय १६ बिघा १२ कट्ठा ५ धुर र गोबरडिहामा १८ बिघा १४ कट्ठा १३ धुरमा मोही लागेको छ। बाँकी जग्गा अन्य व्यक्तिले कब्जा गरेका छन्।

त्यस्तै काठमाडौंको टेकुस्थित बमवीर विकटेश्वर गुठीका पोखरी र बगैंचा मासेर निजी महल ठड्याइएका छन् । गुठियारकै मिलेमतोमा जग्गा भूमाफियाहरुको चंगुलमा परेर व्यक्तिगत बनेको गुठीका सदस्यहरु बताउँछन् । महल बनेको ठाउँमा कुनै बेला देवतालाई जल चढाउने पोखरी थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ३२ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी