उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने नगरप्रमखुहरुको भनाइ « Khabarhub

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने नगरप्रमखुहरुको भनाइ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवालाको भनाइ छ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताए ।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो ।

कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ३४ बजे

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई