कर्णालीको ‘पीडा’– कर्मचारी नहुँदा प्रदेश सरकारलाई निमोनिया ! « Khabarhub

कर्णालीको ‘पीडा’– कर्मचारी नहुँदा प्रदेश सरकारलाई निमोनिया !


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको लक्ष्यअनुसार पूँजीगत खर्च गर्न नसक्ने जनाएको छ ।

संघीय सरकारले कर्मचारी नखटाउँदा पूँजीगत खर्च गर्न नसकिएको कर्णाली सरकारकी प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको भनाइ छ ।

संरचना निर्माण नहुनु र कर्मचारी अभावले बजेट कार्यान्वयनमा चुनौती आएको प्रवक्ता केसीले बताइन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको १० अर्ब बजेट पनि प्राविधिक कर्मचारीको अभावले कार्यान्वयनमा आउन नसकेको मन्त्री केसीले सुनाइन् ।

‘सरकार बजेट कार्यान्वयनको विशेष चरणमा आउँदै गर्दा कर्मचारी समायोजन भयो,’ प्रदेश सरकारको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै  मन्त्री केसीले भनिन्, ‘यसले बामे सर्दै उठेर हिँड्ने बेलाको कर्णाली प्रदेश सरकारलाई निमोनिया बनायो ।’

अहिले सामाजिक, कृषि र पर्यटन मन्त्रालयको काम तीव्र गतिमा भइरहेको मन्त्री केसीले दाबी गरिन् । यद्यपि अनुगमन नगर्दा भुक्तानी रोकिएकाले खर्च प्रतिशत भने नदेखिएको उनको तर्क छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ५६ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित