गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा « Khabarhub

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् । भिमाद-६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए ।

उनीहरू चारै जना सकुशल रहेका परिवारसँग सम्पर्कमा जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका जिल्लावासीको खोजी गर्ने र अवस्थाबारे बुझ्ने कार्य भइरहेको उनले बताए ।

प्रजिअ तिवारीका अनुसार सम्पर्कविहीन हुनेमा भानु नगरपालिका(१ का सञ्जीव गुरुङ रहेका छन् । गुरुङसहित तीन जना व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएका थिए । भन्सार कार्यालयमा कार्यरत आँबुखैरेनी गाउँपालिका(३ का प्रेम सेढाईं, रसुवा हाइड्रोपावरमा काम गर्ने ऋषिङ गाउँपालिका(७ का धनबहादुर आले र शुक्लागण्डकी नगरपालिका(१२ जसपुर निवासी बिनु गुरुङ सम्पर्कविहिन रहेका बताए ।

तिवारीले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्र र आसपासमा पुगेका तनहुँमध्ये हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिबारे तत्काल जानकारी गराउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सञ्चारमाध्यममार्फत तत्काल खबर गर्न अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीले विपद्को यस कठिन अवस्थामा सबैले आ(आफ्नो भूमिका र जिम्मेवारीअनुसार खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : ४४ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना