सबै नेपालीले गर्व गर्नलायक ‘गोर्खा वारियर’ बनाउँछु– मिलन चाम्स (अन्तर्वार्ता) | Khabarhub Khabarhub

सबै नेपालीले गर्व गर्नलायक ‘गोर्खा वारियर’ बनाउँछु– मिलन चाम्स (अन्तर्वार्ता)


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वीर विक्रम २’ रिलिजको क्रममा छ । फिल्म आउँदो शुक्रवार अर्थात् जेठ ३ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन लगायतका कलाकारको शीर्ष भूमिका छ । चलचित्रको चर्चा भइरहँदा निर्देशक मिलन चाम्सले भने सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस लेखे । उनले लेखेका थिए, ‘वीर विक्रम २’ मेरो अन्तिम चलचित्र । यसैबीच हामीले निर्देशक चाम्सलाई यो तपाईंको अन्तिम चलचित्र हो ? भनेर सोधेका थियौँ:

‘वीर विक्रम २’ चाहिँ अन्तिम चलचित्र नै हो नि । अब यो फिल्म फेरि बन्दैन । मैले यस हिसाबले भनेको थिएँ तर फ्यानहरुले यसलाई फरक तरिकाले बुझ्नुभएछ, फिल्मकर्मी साथीहरुको पनि दुखेसो आयो, त्यसैले यो स्टाटस हटाएँ । मैले त यही नामको अर्को फिल्म बन्ने छैन भन्ने आशयले लेखेको थिएँ ।

दर्शकले तपाईंको फिल्म ‘वीर विक्रम २’ किन हेर्ने ?

यो फिल्म पूर्णतः मनोरञ्जको प्याकेज हो । दर्शकले परिवारसँग बसेर हेर्नलागयक फिल्म बनेको छ । परिवारका साथ बसेर हेर्न मिल्ने फिल्म बनेकाले पनि म दर्शकलाई फिल्म हेर्न आग्रह गर्छु ।

फिल्मको छायांकन मुस्ताङका विभिन्न स्थानमा पनि गरिएको छ, यसले फिल्मलाई फाइदा पुर्‍याउँछ ?

यसलाई यसरी पनि हेरौँ न, मैले पर्यटकको आकर्षक बनोस् भनेर नयाँ ठाउँको प्रचार गरेको हो । फिल्मलाई पनि यसले फाइदा पुर्‍याएको छ । मुस्ताङमा आजसम्म कोही नपुगेका ठाउँमा पुगेर हामीले छायांकन गरेका छौँ । यसले आन्तरिक पर्यटकलाई पनि फाइदा दिनेछ । यस्तो कार्यमा हामी आफै पनि जिम्मेवारी हुनुपर्छ जस्तो लाग्छ ।

कलाकारले कस्तो अभिनय गरेका छन् ?

सबै कलाकारले चित्तबुझ्दो अभिनय गरेका छन् । पल (शाह) ले पनि त्यति नै राम्रो काम गरेको छ । सबै कलाकारको काम राम्रो छ । अभिनय जीवन्त हुनुपर्छ भन्ने लाग्छ मलाई । यो फिल्म मैले निर्माण गरेका व्यावसायिक फिल्ममा सबैभन्दा उत्कृष्ट फिल्म हो । तर, ‘ब्लाइण्ड रक्स’सँग तुलना गर्न मिल्दैन ।

यसपछि अब कुन फिल्म बनाउनुहुन्छ ?

यो चलचित्र लगत्तै म नयाँ फिल्मको काममा जुट्नेछु । उक्त फिल्म अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी छ । सन् २०२० मा रिलिज गरिने गरी हामी ‘गोरखा वारियर’ निर्माणमा लाग्नेछौँ । यो फिल्ममा नेपालीपन हुनेछ । यस्तै हामीले फिल्ममा सगरमाथा र लुम्बिनीलाई पनि विशेष तरिकाले चिनाउने छौँ । गोर्खालीको सन्देश दिने यो फिल्म सबै नेपालीले गर्व गर्नलायक फिल्म बन्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ०७ बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर