‘सञ्जय दत्त बच्चाजस्ता छन्, उनले मेरा गाला सुम्सुमाउँछन्’ | Khabarhub Khabarhub

‘सञ्जय दत्त बच्चाजस्ता छन्, उनले मेरा गाला सुम्सुमाउँछन्’


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार अर्जुन कपूर पहिलोपटक सञ्जय दत्तका साथ फिल्म ‘पानीपत’ मा देखिँदैछन् । हालै उनले सञ्जयको व्यवहारलाई लिएर खास कुरा बताएका छन् ।

सञ्जयसँग काम गर्दाको अनुभव शेयर गर्दै अर्जुनले भने, ‘मैले उहाँका साथ फिल्मका केही हिस्साको छायांकन गरेँ, उहाँसँग काम गर्दा निकै नै सुन्दर अनुभव रह्यो, उनी यस्ता व्यक्ति हुन्, जसलाई हेरेर नै म ठूलो भएँ, हामी सबै कलाकार सञ्जय सरलाई हेरेर नै ठूला भएका हौँ ।’

उनले सञ्जयको व्यक्तित्व पनि बिल्कुलै फरक भएको बताए । ‘उहाँको व्यक्तित्व लार्जर देन लाइफ छ, उहाँसँग सेटमा हुँदा थाहा हुन्छ कि, उहाँ किन लार्जर देन लाइफ हुनुहुन्छ, उहाँ नजिक आउँदा फिल्ममा भिलेनको रोलमा हुनुहुन्छ झैँ लाग्दैन, उहाँले मेरो गाला सुम्सुमाइदिनुहुन्छ, यस्तो अवस्थामा मलाई क्यारेक्टरमा रहन पनि निकै गाह्रो हुन्छ ।’

फिल्मको शेटमा अर्जुनलाई नाकमा चोट पनि लागेको थियो । यसमा उनले भने, ‘यो एक्सन फिल्म हो, कहिलेकाहीँ शूटिङमा चोट लाग्न सक्छ ।’ आशुतोष गोवारिकरको यो फिल्म तेस्रो युद्धमा आधारित छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ३१ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा