‘सञ्जय दत्त बच्चाजस्ता छन्, उनले मेरा गाला सुम्सुमाउँछन्’ « Khabarhub

‘सञ्जय दत्त बच्चाजस्ता छन्, उनले मेरा गाला सुम्सुमाउँछन्’


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार अर्जुन कपूर पहिलोपटक सञ्जय दत्तका साथ फिल्म ‘पानीपत’ मा देखिँदैछन् । हालै उनले सञ्जयको व्यवहारलाई लिएर खास कुरा बताएका छन् ।

सञ्जयसँग काम गर्दाको अनुभव शेयर गर्दै अर्जुनले भने, ‘मैले उहाँका साथ फिल्मका केही हिस्साको छायांकन गरेँ, उहाँसँग काम गर्दा निकै नै सुन्दर अनुभव रह्यो, उनी यस्ता व्यक्ति हुन्, जसलाई हेरेर नै म ठूलो भएँ, हामी सबै कलाकार सञ्जय सरलाई हेरेर नै ठूला भएका हौँ ।’

उनले सञ्जयको व्यक्तित्व पनि बिल्कुलै फरक भएको बताए । ‘उहाँको व्यक्तित्व लार्जर देन लाइफ छ, उहाँसँग सेटमा हुँदा थाहा हुन्छ कि, उहाँ किन लार्जर देन लाइफ हुनुहुन्छ, उहाँ नजिक आउँदा फिल्ममा भिलेनको रोलमा हुनुहुन्छ झैँ लाग्दैन, उहाँले मेरो गाला सुम्सुमाइदिनुहुन्छ, यस्तो अवस्थामा मलाई क्यारेक्टरमा रहन पनि निकै गाह्रो हुन्छ ।’

फिल्मको शेटमा अर्जुनलाई नाकमा चोट पनि लागेको थियो । यसमा उनले भने, ‘यो एक्सन फिल्म हो, कहिलेकाहीँ शूटिङमा चोट लाग्न सक्छ ।’ आशुतोष गोवारिकरको यो फिल्म तेस्रो युद्धमा आधारित छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ३१ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट