प्रतिबन्धित भारुसहित काठमाडौंबाट ५ जना पक्राउ « Khabarhub

प्रतिबन्धित भारुसहित काठमाडौंबाट ५ जना पक्राउ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलबाट करि १६ लाख बराबरको प्रतिबन्धित भारु नोट सहित ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतमा प्रतिबन्धित १ हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

परिसरका डिएसपी होमिन्द्र बोगटीका अनुसार, पक्राउ पर्नेमा दोलखाका रामविक्रम खड्का, धादिङका शम्भु परियार, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

पक्राउ परेकाहरुले के कामकालागि प्रतिबन्धित नोट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धानका लागि  राजश्व अनुसन्धान विभागका पठाएको डिएसपी बोगटीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १ : ४३ बजे

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः