अबको केही समयमै चिनियाँ रेल काठमाडौं आइपुग्ने प्रचण्डको दाबी « Khabarhub

अबको केही समयमै चिनियाँ रेल काठमाडौं आइपुग्ने प्रचण्डको दाबी


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको केही वर्ष भित्रै चिनियाँ रेल काठमाडौं आइपुग्ने बताएका छन् ।

चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने कुरा अब सपनाको विषय नरहेको प्रचण्डको भनाइ छ ।

राष्ट्रिय विभूति सीता जन्मजयन्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको बताए । साथै उक्त रेल लुम्विनीसम्म लैजाने योजना तय गरिएको पनि बताए ।

चीनको ल्हासा हुँदै काठमाडाैं र काठमाडौंबाट लुम्विनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको पनि बताए । नेपाल र भारत दुवै मुलुकमा रहेका शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको प्रचण्डको भनाइ छ ।

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्तिपीठहरुलाई जोडेर एउटै शक्तिपीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्वानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ०८ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक