केही मिडियाकर्मी असनको साँढेजस्तो भए– डा. भट्टराई | Khabarhub Khabarhub

केही मिडियाकर्मी असनको साँढेजस्तो भए– डा. भट्टराई


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति उक्त पार्टीका अर्का अध्यक्ष डाक्टर वावुराम भट्टराईले असन्तृष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !

एभिन्यूज टेलिभिजनका लागि पत्रकार सुशील पाण्डेले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता लिएका थिए ।

अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले सोधेका प्रश्नको शैली नमिलेको भन्दै मन्त्री यादव बीचमै उठेर गएका थिए ।

उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । पत्रकारदेखि राजनीतिकर्मी र सामाजिक सञ्चाल प्रयोगकर्ता समेत उक्त अन्तर्वाताको विषयलाई लिएर अन्तर्वार्ताकार पाण्डे तथा मन्त्री यादवको पक्ष र विपक्षमा उभिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ३७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित