एक्स ब्याइफ्रेन्डसँग भेट भएपछि फिल्म छोडेर हिँडिन् सारा « Khabarhub

एक्स ब्याइफ्रेन्डसँग भेट भएपछि फिल्म छोडेर हिँडिन् सारा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सारा अली खान हालै अनन्या पाण्डेको डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ हेर्न हलमा पुगेकी थिइन् । तर स्क्रिनिङको समयमा यस्तो भयो कि, जसकारण साराले अनन्यालाई बाइ भनेर त्यहाँबाट बिदा भइन् । फिल्म हेर्न हल पुग्दा त्यहाँ साराको भेट उनका भूतपूर्व ब्याइफ्रेन्डसँग भयो ।

भारतीय समाचारका अनुसार सारालाई यो पनि थाहा थियो कि, अनन्या पाण्डेको गेस्ट लिस्टमा को को थिए, उनलाई यो पनि थाहा थियो, उनको एक्स ब्याइफ्रेन्ड वीर पहारियासँग पनि भेट हुनेवाला थियो । सारा इभेन्टमा त आइन् तर केही समयमै त्यहाँबाट हिँडिन् ।

वीर पहारिया, पूर्व गृहमन्त्री सुशील कुमार सिन्देका नाति हुन् । वीरसँग डेटिङको खबर आएपछि साराले एक अन्तर्वार्तामा आफूहरू केही समय सम्बन्धमा रहेको स्वीकारेकी थिइन् ।

पछि साराले ब्रेकअपपछि खासै फरक नपरेको तर यो सम्बन्ध जोडिन नसकिएको बताएकी थिइन् । जब ‘स्टुडेन्ट अफ द इयर २’ को स्क्रिनिङमा साराको भेट वीरसँग भयो, यी दुईले हाइ हेलो त गरे तर सारा त्यहाँ धेरै बेरसम्म रोकिन सकिनन् ।

पछिल्लो समय साराको नाम कार्तिक आर्यनसँग जोडिएर आएको छ । पछिल्लो समय यी दुईले फिल्म ‘लभ आजकल २’ मा एकसाथ काम गरिरहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : १० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र