इरानका विषयमा छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्रसेल्स जाने | Khabarhub Khabarhub

इरानका विषयमा छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्रसेल्स जाने


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुस भ्रमणमा जानुअघि बेल्जियममा इरानका विषयमा युरोपेली अधिकारीसँग वार्ता गर्ने भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग कृष्ण सागरको तटमा रहेको सोची शहरमा भेटवार्ता गर्न वाशिंटनमा रहेको जोइन्ट एण्ड्रियु बेसबाट त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

उनले यसअघि तय भएअनुसार रुसको राजधानी मस्को जाने कार्यक्रम भने रद्द भएको बताइएको छ । त्यसको सट्टा उनले ब्रसेल्समा इरान तथा अन्य विषयमा युरोपेली अधिकारीसँग वार्ता गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय अमेरिकाले इरानले मध्यपूर्वमा रहेका अमेरिकी फौज तथा अमेरिकाका साझेदार मुलुकहरुमाथि इरानले खतरा निम्त्याउन सक्ने भन्दै फारसको खाडीमा लडाकु विमानवाहक नौसैनिक युद्धपोत तथा बम वर्षक लडाकु विमान परिचालन गरेपछि इरान र अमेरिकाबीच सम्बन्ध निकै खराब छ ।

त्यसबाहेक अमेरिकाले इरानमाथि नयाँ नाकाबन्दीको घोषणा गरिसकेको छ ।

यता इरानले भने फारसको खाडीमा रहेका अमेरिकी सैनिक उपस्थिति इरानका लागि गतिलो सैनिक निशाना हुने प्रतिक्रिया दिएको छ ।

सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएसँगै अमेरिकाले इरानविरुद्ध एकपछि अर्को कदम चालेपछि केही समयअघि मात्रै इरानले उक्त सम्झौताका केही बुँदाबाट बाहिरिने जनाएका थियो ।

तर, इरानको यो भनाइपछि युरोपेली मुलुकहरुले भने आफूहरु इरान उक्त सम्झौताबाट नबाहिरियोस् भन्ने पक्षमा रहेको बताउँदै आएका छन् । यस विषयलाई लिएर अमेरिका र युरोपेली मुलुकबीच मतभेद रहेको बताइन्छ ।

इरानका विषयमा जारी मतभेदका बीच अमेरिकी विदेशमन्त्रीले ब्रसेल्सको भ्रमण गर्नुलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : १० बजे

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज