इरानका विषयमा छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्रसेल्स जाने « Khabarhub

इरानका विषयमा छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्रसेल्स जाने


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुस भ्रमणमा जानुअघि बेल्जियममा इरानका विषयमा युरोपेली अधिकारीसँग वार्ता गर्ने भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सेर्गेई लाभ्रोभसँग कृष्ण सागरको तटमा रहेको सोची शहरमा भेटवार्ता गर्न वाशिंटनमा रहेको जोइन्ट एण्ड्रियु बेसबाट त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

उनले यसअघि तय भएअनुसार रुसको राजधानी मस्को जाने कार्यक्रम भने रद्द भएको बताइएको छ । त्यसको सट्टा उनले ब्रसेल्समा इरान तथा अन्य विषयमा युरोपेली अधिकारीसँग वार्ता गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो समय अमेरिकाले इरानले मध्यपूर्वमा रहेका अमेरिकी फौज तथा अमेरिकाका साझेदार मुलुकहरुमाथि इरानले खतरा निम्त्याउन सक्ने भन्दै फारसको खाडीमा लडाकु विमानवाहक नौसैनिक युद्धपोत तथा बम वर्षक लडाकु विमान परिचालन गरेपछि इरान र अमेरिकाबीच सम्बन्ध निकै खराब छ ।

त्यसबाहेक अमेरिकाले इरानमाथि नयाँ नाकाबन्दीको घोषणा गरिसकेको छ ।

यता इरानले भने फारसको खाडीमा रहेका अमेरिकी सैनिक उपस्थिति इरानका लागि गतिलो सैनिक निशाना हुने प्रतिक्रिया दिएको छ ।

सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएसँगै अमेरिकाले इरानविरुद्ध एकपछि अर्को कदम चालेपछि केही समयअघि मात्रै इरानले उक्त सम्झौताका केही बुँदाबाट बाहिरिने जनाएका थियो ।

तर, इरानको यो भनाइपछि युरोपेली मुलुकहरुले भने आफूहरु इरान उक्त सम्झौताबाट नबाहिरियोस् भन्ने पक्षमा रहेको बताउँदै आएका छन् । यस विषयलाई लिएर अमेरिका र युरोपेली मुलुकबीच मतभेद रहेको बताइन्छ ।

इरानका विषयमा जारी मतभेदका बीच अमेरिकी विदेशमन्त्रीले ब्रसेल्सको भ्रमण गर्नुलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : १० बजे

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती