प्रदेश ३ बैठकमा कांग्रेसको अवरोध « Khabarhub

प्रदेश ३ बैठकमा कांग्रेसको अवरोध


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया शुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन् ।

बैठकको शुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोईरालाले पठाएको पत्र पढेर सुनाएकी थिइन् । अधिवेशन शुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा कांग्रेस सांसदहरुले अवरोध गरेका हुन् । प्रतिपक्षी दल नेपाली काग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया शुरु नगरेसम्म संसद चल्ने नदिने बताए ।

कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ६ : ०७ बजे

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत

देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौँ– देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौँ– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि

आज समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा