सञ्चार माध्यममाथिको उच्छृङ्खल कार्य निन्दनीयः कांग्रेस « Khabarhub

सञ्चार माध्यममाथिको उच्छृङ्खल कार्य निन्दनीयः कांग्रेस


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले एभिन्यूज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रेज्ञ विज्ञप्ती जारी गर्दै निश्चित समाचार प्रसारणका कारण होस् या व्यक्तिगत अथवा अन्य कुनैपनि कारणले कुनैपनि संचार माध्यममाथि भौतिक क्षति पुग्ने उच्छृङ्खल कार्य जो कसैबाट भएको भए पनि त्यो अत्यन्तै निन्दनीय भएका बताएका छन् ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकार बने यता कहिले स्वयं राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेस प्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद् छ । एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।’

कांग्रेसले विरगञ्ज घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी कार्वाहीको दायरामा समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ११ बजे

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको