१३ औं सागको लोगो : भोलानाथलाई १ लाख दिलाएको त्यो १० दिने ‘कला’ | Khabarhub Khabarhub

१३ औं सागको लोगो : भोलानाथलाई १ लाख दिलाएको त्यो १० दिने ‘कला’




काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३ औं संस्करण नेपालमा हुने भनेर चर्चा चलेको धेरै भइसक्यो । तोकिएको मितिमा प्रतियोगिता आयोजना भएको भए १३ औं २०१८ मै सम्पन्न भइसकेको हुन्थ्यो ।

तर, आयोजक नेपालले भौतिक संरचना अभावको कारण देखाउँदै प्रतियोगिताको मिति सार्दै आएको थियो । पछिल्लो पटक सागको मिति आगामी मंसिर १५ देखि २४ सम्मका लागि तोकिएको छ । पछिल्लो पटक तोकिएको मितिमा पनि आशंका गर्ने धेरै कारणकाबीच केही आशा गर्ने लक्षण पनि देखिएका छन् । जसको प्रमुख आधार हो, १३ औं सागको लोगो र मस्कट ।

सोमबार युवा तथा खेलकुद मन्त्रालयले १३ औं सागको लोगो र मस्कट सार्वजनिक गरेसँगै पछिल्लो समय निर्धारण गरिएको समयमा प्रतियोगिता सम्पन्न हुने आशा जगाएको खेल विश्लेषकहरुको भनाइ छ ।

नेपालका लागि खेलकुद पूर्वाधारको विकास गर्ने एउटा अवसरका रुपमा समेत रहेको सागको लोगो पनि आफैंमा ‘अर्थपूर्ण’ छ ।

६ जना प्रतिस्पर्धीलाई उछिन्दै मोरङ विराटनगर-१० का भोलानाथ पौड्याल त्यस्ता भाग्यमानी बनेका छन्, जसको कलाले १३ औं सागको महत्व झल्काउने छ ।

सोमबार सरकारले सार्वजनिक गरेको लोगो भोलानाथले बनाएका हुन् । भोलानाथले १० दिन लगाएर बनाएको ‘लोगो’ले १३ औं सागको पहिचान झल्काउने छ ।

पौड्यालले बनाएको लोगोमा शान्तिको प्रतिक परेवालाई ‘फिचर’ गरिएको छ । जसको पखेटमा विभिन्न देशको झण्डा र प्रतिकात्मकताको प्रतिनिधित्व गर्नेगरी रंगहरु समावेश गरिएको छ ।

सागमा सहभागी राष्ट्रबीचको आपसी भाइचारालाई संकेत गर्ने गरी लोगो निर्माण गरिएको पौड्यालको भनाइ छ । ‘कुनै पनि चित्र कोर्नु अगाडि दिमागमा एक कन्सेप्ट (आकार) बनाउनु पर्छ । त्यो कन्सेप्ट आयो भने सजिलो हुन्छ । तर, यदि कसैले कन्सेप्टसहित आउँदा धेरै समय लाग्दैन्,’ सागको लोगो बनाउँदाको अनुभव सुनाउँदै पौड्याल भन्छन्, ‘सागकै लागि तीन–चार वटा कन्सेप्ट बनाएको थिए । अन्तिममा अरु भन्दा अहिलेको लोगो राम्रो लाग्यो ।’

‘कलामा रमाउने’ पौड्याल आफू अहिले पनि सिकाइको प्रक्रियामै रहेको बताउँछन् ।

लोगो बनाउन निकै कठिन भएको पौड्यालको अनुभव छ । ५९ वर्षका पौड्यालले ३० वर्षभन्दा बढी ग्राफिक्स डिजाइनिङमा विताइसकेका छन् । तर, यस्तो ‘चर्चित’ प्रतियोगिताका लागि भने उनको डिजाइन पहिलो पटक छानिएको हो । पौड्यालले योसहित यस्तै प्रकारका अन्य प्रतियोगितामा तेस्रो पटक सहभागीता जनाएको सुनाए ।

उनले यसअघि युवा परिषद्को लोगो बनाएका थिए । युवा परिषदले अहिले प्रयोग गरिरहेको लोगोमा पौड्यालकै कला झल्किन्छ ।

‘मैले सार्क राष्ट्रबीचको शान्ति, मित्रता र भाइचारा भन्ने नारा बनाएको थिएँ । जसले मलाई यो लोगो बनाउन सहज भयो,’ उनले भने, ‘परेवालाई शान्तिको प्रतिक माने । परेवाका सात प्वाँखलाई सार्क राष्ट्रका सात देशको झण्डाको संकेत दिएको छु ।’

नेपालको पहिचानका रुपमा धेरै जसो ठाउँमा हिमाल, पहाड, तराई र गौतम बुद्ध लगायत लोगो तथा तस्बिरमा समेट्ने गरीएकोमा आफुले भने केही फरक कन्सेप्ट सहित बनाएको बताए ।

‘राष्ट्रियस्तरको प्रतियोगिता भएको भए हिमाल, पहाड लगायतका कुराहरु राम्रो भए पनि अन्तराष्ट्रियस्तरको प्रतियोगिताका लागि अलि मिल्दैन कि जस्तो लाग्यो,’ पौड्याल सुनाउँछन्, ‘अन्तिममा सबै कुरा हटाएर मात्रै परेवालाई बनाए । परेवा अन्तराष्ट्रियस्तरमा पनि शान्तिको प्रतिकका रुपमा लिइन्छ, बुद्धलाई पनि शान्तिको दूतका रुपमा हेरिन्छ ।’

पत्रपत्रिका धेरै नपढ्ने पौड्याललाई एक दिन साँझ उनका फेसबूकका मित्रले सरकारले १३ औं सागको लोगो खोजेको भन्दै म्यासेन्जरमा विज्ञापन पठाइदिए । त्यसअघि युवा परिषद्को लोगो बनाउँदा छनोट भएपछि उत्प्रेरित भएका उनले १३ औं सागका लागि लोगो बनाउने निधो गरे ।

अन्ततः उनी १३ औं सागको लोगो निर्माता बनेका छन् । लोगो छनौट प्रतियोगितामा विजेता बनेका पौड्यालले पुरस्कार वापत १ लाख रुपैयाँ पनि हात पारेका छन् ।

नेपालमा जुनसुकै प्रतिस्पर्धामा पनि राम्रोलाई भन्दा हाम्रो लाई स्थान दिइन्छ भन्ने उखान जस्तै भइसकेको छ । भोलानाथलाई पनि आफ्नो कला छनोटमा पर्ने धेरै आशा थिएन । ‘यस्ता प्रतियोगिताहरुमा सोर्स–फोर्स लाग्छ भन्ने भ्रम ममा पनि थियो । त्यसैले अहिलेसम्मका धेरै प्रतियोगितामा सहभागीता जनाइन,’ पौड्यालले सुनाए, ‘तर, युवा परिषद्को लोगो बनाएपछि मलाई सोर्स–फोर्स चाहिँदैन रहेछ भन्ने भयो, र अहिले सागको लागो बनाउँदा छनोट भयो ।’

केही समय अगाडि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि आफ्नो लोगो परिवर्तन गरेको थियो । पौड्यालले पनि एन्फाको लोगो बनाएका थिए । तर, उनको लोगो छनोट हुन सकेन । यद्यपि उनलाई उक्त लोगोको कन्सेप्ट आफ्नै जस्तो लाग्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ३१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ