चीनले पनि अमेरिकी सामानमा भन्सार बढायो « Khabarhub

चीनले पनि अमेरिकी सामानमा भन्सार बढायो


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार शुल्क बढाएपछि चीनले पनि जवाफस्वरुप अमेरिकी सामानको आयातमा भन्सार बढाउने घोषणा गरेको छ ।

चीन सरकारको राज्य परिषद्को कर नीति आयोगले अब ६० अर्ब अमेरिकी डलर बराबरका ५ हजार भन्दा धेरै अमेरिकी उत्पादनमा भन्सार बढाइने जनाएको हो । ती सामानमा ५ देखि २५ प्रतिशतसम्म भन्सार शुल्क बढाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ नियम आगामी जुन १ बाट लागू हुनेछ ।

चीनले अमेरिकी सामानमा भन्सार बढाउनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै चिनियाँ सामानमाथि भन्सार शुल्क बढाउँदा अमेरिकी उपभोक्तालाई कुनै असर नपर्ने भन्दै चीनले अमेरिकी कदमको बदलामा अमेरिकी सामानमा भन्सार बढाउन नहुने बताएका थिए ।
त्यसअघि चिनियाँ विदेशमन्त्रालयले चीनले कुनै पनि वाह्य दबाबसामु आत्मसमर्पण नगर्ने जनाएको थियो ।

पछिल्लो समय विश्वको सबैभन्दा विशाल दुई अर्थतन्त्रहरु अमेरिका र चीनबीच व्यापारिक विषयमा वार्ता भइरहेका बेला एकले अर्को मुलुकविरुद्ध भन्सार शुल्क बढाएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ४७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी