पहिरनका कारण विमान चढ्न दिइएन यी २१ वर्षीया युवतीलाई ! « Khabarhub

पहिरनका कारण विमान चढ्न दिइएन यी २१ वर्षीया युवतीलाई !


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लण्डन– कहिलेकाँही विचित्र घटना देख्न र सुन्न पाइन्छ । हालै ब्रिटेनमा एउटा यस्तो रोचक घटना भयो जहाँ एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको थियो ।

बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । एयरलाइन्सका कर्मचारीले उनको पहिरनलाई ‘भड्किलो’ भन्दै विमानभित्र प्रवेशमा रोक लगाएका थिए ।

उनलाई कर्मचारीले दुइ विकल्प दिए कि त आफ्नो शरीर ढाक्ने लुगा लगाऊ कि त विमान सवार नगर । बर्मिंघम एयरपोर्टमा २१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जान लागेकी थिइन। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन।

मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाएका थिए।

यवती भन्छिन ‘यो मेरो जीवनको सबै भन्दा खराब पल हो।’ युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् । उनकै पछाडी उभिएको एक व्यक्तिलाई कपडा फेर्न लगाइन जबकी उनले सर्ट र वेस्ट टप लगाएकी थिइन् । युवतीले यो नराम्रो अनुभव ट्वीटर मार्फत शेयर गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन् ।

एमिलीको ट्वीटपछि भने यस्तो असंवेदनशील व्यवहार देखेर सबैले थामस कुक एयरलाइन्सको आलोचना गरे । त्यसपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग व्यक्तिगत र आधिकारिक बयान जारी गरि माफी मागेका छन्।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ५५ बजे

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री