विदेश पढ्न जानेलाई कडाइ, विश्वविद्यालयमा भर्ना हुने प्रमाण भए नरोकिने « Khabarhub

विदेश पढ्न जानेलाई कडाइ, विश्वविद्यालयमा भर्ना हुने प्रमाण भए नरोकिने


३० जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो। विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन।

डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन। यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन्। अहिले एक वर्षदेखि ६ महिनाका लागि अध्ययन गर्न जाने भन्दै विद्यार्थीले मन्त्रालयबाट एनओसी लिने गरेका छन्। डिप्लोमा कोर्स गर्न एसईई मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि जान पाउँछन्। पढाइमा कमजोर विद्यार्थी पनि सहजै विदेश जाने, उनीहरूले विदेशमा गएर दुःख पाउने र स्वदेशी पुँजी बाहिरिने कारण देखाउँदै सरकारले त्यस्ता विद्यार्थीलाई एनओसी दिन रोक लगाएको हो।

अहिले विदेश गएका अधिकांश विद्यार्थी सुरुमा उच्चशिक्षाका नाममा डिप्लोमा कोर्समा भर्ना हुन्छन्। डिप्लोमा कोर्स पूरा गरेपछि मात्र त्यहाँका विश्वविद्यालय भर्ना हुन पाउँछन्। डिप्लोमाको पढाइ विश्वविद्यालयको तुलनामा निकै सस्तो पर्छ। डिप्लोमा पढ्दै रोजगारीमा पनि लाग्ने र यही अवधिमा कमाएको पैसाले विश्वविद्यालय भर्ना हुने उद्देश्य लिएर विद्यार्थी बिदेसिने गरेका छन्। छात्रवृत्ति नियमावलीमा भने उच्चशिक्षा अध्ययन गर्न जानेलाई मात्र एनओसी दिने व्यवस्था छ।

नेपाली विद्यार्थीको उच्च आकर्षण रहेको अस्ट्रेलिया जाने विद्यार्थीमध्ये अधिकांशले सुरुमा एक वर्षको डिप्लोमा र त्यसपछि अर्को एक वर्षको एड्भान्स डिप्लोमासहित दुई वर्षको पढाइ पूरा गरेपछि मात्र विश्वविद्यालय भर्ना हुन पाउँछन्। ‘डिप्लोमा कोर्सलाई विद्यार्थीले विदेश जाने भर्‍याङ बनाएका छन्। कतिपय विद्यार्थी त डिप्लोमा कोर्स पूरा गर्न नसकेर विश्वविद्यालय भर्ना हुन नसकेपछि स्वदेश फर्केका उदाहरण छन्’, मन्त्रालयका एक अधिकारीले भने, ‘तर यी सबै समस्या थाती राखेर परामर्श व्यवसायीले जसरी पनि विद्यार्थीलाई विदेश धकेल्ने गरेका छन्।’

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ७ : ०७ बजे

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत