भारतमा ५० डिग्रीको गर्मी, तातो हावाले गुडिरहेको रेलमा ४ जनाको ज्यान गयो « Khabarhub

भारतमा ५० डिग्रीको गर्मी, तातो हावाले गुडिरहेको रेलमा ४ जनाको ज्यान गयो


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेल भित्रै चार जना यात्रुको मृत्यु भएको हो ।

६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । अत्यधिक गर्मीका कारण केहि यात्रुहरु बेहोस भए पछि चिकित्सक बोलाइएको थियो ।

चिकित्सकले चारैजनालाई मृत घोषित गरेका हुन । चिकित्सकले मृत घोषणा गरेपछि उनीहरुको शव झाँसी रेल स्टेशनबाट निकालिएको हो । सो ठाँउको तापक्रम सोमबार ५० डिग्री सेल्सियस पुगेको थियो भने अहिले पनि भारका अधिकांश क्षेत्रको औसत तापक्रम ४५ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ । इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : ५८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह