अब सहजै धवलागिरीको आधार शिविर जान सकिने | Khabarhub Khabarhub

अब सहजै धवलागिरीको आधार शिविर जान सकिने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारले विश्वको सातौं उच्च हिमश्रृङ्खला धवलागिरीको आधार शिविर जाने पदमार्ग मर्मत गरेको छ ।

भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाइएको छ । यस्तै उकालो चढ्नुपर्ने ठाउँमा ढुङ्गाको सिँढी निर्माण गरिएको छ ।

कूल ९ हजार ४ सय मिटर पदमार्गको मर्मत गरिएकोमा ६० प्रतिशत भागमा फराकिलो पारिएको र ४० प्रतिशत भागमा ढुङ्गाको सिँढी निर्माण गरिएको म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट पदमार्गअन्तर्गत नाउराभीरदेखि सल्लाघारीसम्मको बाटो मर्मत गरिएको हो ।

त्यसैगरी सो बजेटबाट बगरको जेल्तुङदेखि सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्गसमेत मर्मत गरिएको छ । यो वर्ष सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट इटालीक्याम्पदेखि स्वीस क्याम्पसम्मको पदमार्गसमेत निर्माण गरिएको छ ।

करीब २ हजार ५ सय मिटर पदमार्गलाई मर्मत र फराकिलो बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए । इटाली क्याम्पका एक मात्रै होटल व्यवसायीसमेत रहेका तिलिजाका अनुसार पदमार्ग निर्माणसँगै धवलागिरि आधार शिविर र चक्रीय धवलागिरि र हिमाल आरोहणका लागि जाने पर्यटकलाई सहज भएको छ ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधारशिविर जान जान यसअघि भीर र जङ्गलको जोखिमपूर्ण बाटो पार गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ११ : ४३ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म