अब सहजै धवलागिरीको आधार शिविर जान सकिने « Khabarhub

अब सहजै धवलागिरीको आधार शिविर जान सकिने


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारले विश्वको सातौं उच्च हिमश्रृङ्खला धवलागिरीको आधार शिविर जाने पदमार्ग मर्मत गरेको छ ।

भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाइएको छ । यस्तै उकालो चढ्नुपर्ने ठाउँमा ढुङ्गाको सिँढी निर्माण गरिएको छ ।

कूल ९ हजार ४ सय मिटर पदमार्गको मर्मत गरिएकोमा ६० प्रतिशत भागमा फराकिलो पारिएको र ४० प्रतिशत भागमा ढुङ्गाको सिँढी निर्माण गरिएको म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट पदमार्गअन्तर्गत नाउराभीरदेखि सल्लाघारीसम्मको बाटो मर्मत गरिएको हो ।

त्यसैगरी सो बजेटबाट बगरको जेल्तुङदेखि सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्गसमेत मर्मत गरिएको छ । यो वर्ष सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट इटालीक्याम्पदेखि स्वीस क्याम्पसम्मको पदमार्गसमेत निर्माण गरिएको छ ।

करीब २ हजार ५ सय मिटर पदमार्गलाई मर्मत र फराकिलो बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए । इटाली क्याम्पका एक मात्रै होटल व्यवसायीसमेत रहेका तिलिजाका अनुसार पदमार्ग निर्माणसँगै धवलागिरि आधार शिविर र चक्रीय धवलागिरि र हिमाल आरोहणका लागि जाने पर्यटकलाई सहज भएको छ ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधारशिविर जान जान यसअघि भीर र जङ्गलको जोखिमपूर्ण बाटो पार गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ११ : ४३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र