‘छ माया छपक्कै’ को आधा शूटिङ सकियो, दीपक भन्छन् – दर्शकको आशा बढी छ « Khabarhub

‘छ माया छपक्कै’ को आधा शूटिङ सकियो, दीपक भन्छन् – दर्शकको आशा बढी छ


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यतिबेला निर्माणको क्रममा रहेको फिल्म ‘छ माया छपक्कै’ को ५५ प्रतिशत छायांकन सकिएको निर्माण टिमले जनाएको छ । फिल्मको २२ औँ दिनमा छायांकन चलिरहँदा झण्डै ५५ प्रतिशत फिल्मको छायांकन सकिएको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

‘फिल्मको छायांकन भइरहेको छ, हामी छायांकनमै खटिइरहेका छौँ, ५५ प्रतिशत छायांकन सयियो,’ गिरीले भने, ‘दर्शकको पनि हामीप्रति बढी नै आशा छ, हामी दर्शकलाई निराश नपार्ने गरी काम गरिरहेका छौँ ।’

गिरीले यो फिल्मको कथा तयार पार्न मात्र झण्डै एक वर्ष लागेको बताए ।

फिल्मको निर्माण रोहित अधिकारीले गरेका हुन् । फिल्मको निर्देशन भने दीपेन्द्र लामाले गरेका हुन् । यसअघि उनले फिल्म ‘घामपानी’ निर्देशन गरेका थिए । निर्माता रोहित अधिकारीले ‘छक्का पञ्जा’ टिमसँग मिलेर यो फिल्म निर्माण गरेका हुन् ।

काभ्रेमा छायांकन भइरहेको यो फिल्म दशैँमा रिलिज हुने भएको छ । यस्तै फिल्ममा दीपकराज गिरीको जोडीका रुपमा नायिका केकी अधिकारीलाई देख्न सकिनेछ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ५८ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना