ओम अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु | Khabarhub Khabarhub

ओम अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या भएकाले उपचारका लागि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको  मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी थापाको उपचारका क्रममा  मृत्यु भएको भन्दै अस्पताल प्रशासनले बिहीबार विहान मात्रै आफन्तलाई जानकारी दिएको थियो ।

आफन्तले अस्पतालको लापारबाहीको कारण बिरामीको मृत्यु भएको अरोप लगाएका छन् । मृतकका आफन्तले चिकित्सकको कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेपछि ओम अस्पताल केही समय तनावपूर्ण बनेको थियो ।

अहिले प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १ : ३३ बजे

हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाउँछौँ : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई

स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरू

दमक– यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पीताम्बर खड्का हिँडडुल

शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

चितवन– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

ढोरपाटन– बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन