गर्मीमा हुन्छ यस्ता रोगको जोखिम, सचेत रहन डा पुनको सुझाव « Khabarhub

गर्मीमा हुन्छ यस्ता रोगको जोखिम, सचेत रहन डा पुनको सुझाव


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी  माैसममा सरुवा रोगको जोखिम उच्च रहन्छ । विशेषगरी सरुवा रोग पानीजन्य संक्रमण, खानपान र हावाका कारण र किटजन्य  कारणले सर्ने गर्छ । गर्मी महिनामा सबैभन्दा बढी पानी, हावा र किटजन्य रोगका कारण विभिन्न रोगहरु सर्ने गर्छ ।

किन बढ्छ  गर्मीमा सरुवा रोग ?

सरुवा रोगको विषयमा हरेक वर्ष चेतनामूलक कार्यक्रमहरु हुन्छन् । लाखौं बजेट यी सचेतनाका लागि खर्च गरिन्छ । तरपनि सामान्य मानिएको झाडापखलाको प्रकोप हरेक वर्ष देखिन्छ । मानिसहरुमा रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा चेतना पनि छ । तर, चेतना भएको कुरालाई पनि मानिसहरु वेवस्ता गर्छन् ।

मानिसमा भएको ज्ञान व्यवहारमा लागू नगर्दा गर्मीमा सरुवारोगको संक्रमण बढ्ने गर्छ ।  अस्पतालमा आएका बिरामीलाई झाडापखला नलाग्न के गर्नुपर्छ भनेर सोध्दा  मजाले सहि उत्तर दिन्छन् । पानी उमालेर खानुपर्छ भनेर तर बिरामीहरुले नै भन्छन्– पानी उमालेर पिउँदा मिठो लाग्दैन, त्यसैले नउमाली पिउँछु ।

रोग नियन्त्रणका लागि के गर्ने ?

सरकारले हरेक वर्ष कुनै पनि रोगको प्रकोप देखिए पछि मात्रै रोग नियन्त्रणको लागि प्रयास शुरु गरेको देखिन्छ । रोग लाग्नु अघि नै योजना बनाएर पूर्व तयारी गरे मात्रै गर्मीमा रोगको प्रकोप कम हुन्छ । गर्मीको समयमा तराईमा बाढीको प्रकोप बढ्छ त्यसपछि मानीसहरुमा डेंगु, झाडापखाला लगायतका रोगहरुको संक्रमण बढ्छ ।

त्यसैले सरकारले रोग लागिसकेपछि नियन्त्रण गर्ने भन्दा पनि अघिल्ला वर्षहरुमा कुन क्षेत्रमा कस्तो रोग देखिएको थियो सोहि अनुसार त्यो मौसम आउनु अघि नै पूर्व तयारी गर्नुपर्छ ।

सरुवा रोगबाट कसरी बच्ने ?

सरुवा रोगबाट बच्न सर्ने तरिकाको विषयमा जानकार हुनुपर्छ । हावाबाट सर्ने रोगबाट बच्न सार्वजनि स्थानमा नजाने, संक्रमण व्यक्तिबाट ढाडा रहने, भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, संक्रमत व्यक्ति घरमा भएमा ज्येष्ठ नागरिक, दमका बिरामी र बालबालिकालाई संक्रमित बाट टाढा राख्ने । टिकजन्य रोगका नियन्त्रणका लागि वातावरण सफा राख्ने, लामखुट्टेलाई बढ्न नदिने, घर तथा मानवस्ती वरिवरीका वातावरण सफा राख्ने गर्नुपर्छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँगको कुराकानीमा आधारित )

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : २६ बजे

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय