शतकका लागि लामो समय कुर्नु पर्यो – डेभिड वार्नर | Khabarhub Khabarhub

शतकका लागि लामो समय कुर्नु पर्यो – डेभिड वार्नर


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा शतक प्रहार गर्न लामो समय कुर्नु परेको बताएका छन् । बिहीबार मिडिसामू बोल्दै वार्नरले शतक पुरा गर्न धेरै समय कुर्न परेको बताएका हुन् ।

बुधबार भएको पाकिस्तानविरुद्धको खेलमा वार्नरले १ सय ७ रन बनाएका थिए । उनले १०९ बलको सामना गर्दै १सय७ रन बनाए । उक्त खेलमा पाकिस्तानमाथि अस्ट्रेलियाले ४१ रनको जीत हात पारेको थियो ।

यसअघि भारतविरुद्धको खेलमा कमजोर ब्याटिङ गरेको भन्दै आलोचित भएका वार्नरले पाकिस्तानविरुद्ध उत्कृष्ट कमब्याक गरे । जसमा उनले कम ब्याक मात्रै गरेनन् आफ्नो क्रिकेट करियरको १५ औं अन्तर्राष्ट्रिय शतक समेत पुरा गरे ।

देब्र हाते ब्याट्सम्यान वार्नरले जारी विश्वकपका चार खेलबाट २सय५५ रन बनाएका छन् ।

‘शतक पुरा गर्न धेरै समय लाग्यो,’ वार्नरले भने,‘यसअघि अफगानिस्तानविरुद्धको खेलमा म रिदमै नरहेको जसरी आउट भए, त्यसपछि वेष्ट इन्डिजविरुद्ध केही रन बटुलेर आउट भए भने केही अल्छी पनि गरे । भारतसँगको खेलमा मलाई उनीहरुले बोल्ड गरे । तर, मैले आफ्नो रिदम अनुसार खेल्न सक्दा शतक बनाउन पुगे ।’

विगत १ वर्षमा अन्तर्राष्ट्रिय खेलको प्रतिवन्ध लागेपछि शतक बनाएका वार्नरले मैदानमा सम्झनलायक सेलिब्रेसन गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : ४१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग