शतकका लागि लामो समय कुर्नु पर्यो – डेभिड वार्नर « Khabarhub

शतकका लागि लामो समय कुर्नु पर्यो – डेभिड वार्नर


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा शतक प्रहार गर्न लामो समय कुर्नु परेको बताएका छन् । बिहीबार मिडिसामू बोल्दै वार्नरले शतक पुरा गर्न धेरै समय कुर्न परेको बताएका हुन् ।

बुधबार भएको पाकिस्तानविरुद्धको खेलमा वार्नरले १ सय ७ रन बनाएका थिए । उनले १०९ बलको सामना गर्दै १सय७ रन बनाए । उक्त खेलमा पाकिस्तानमाथि अस्ट्रेलियाले ४१ रनको जीत हात पारेको थियो ।

यसअघि भारतविरुद्धको खेलमा कमजोर ब्याटिङ गरेको भन्दै आलोचित भएका वार्नरले पाकिस्तानविरुद्ध उत्कृष्ट कमब्याक गरे । जसमा उनले कम ब्याक मात्रै गरेनन् आफ्नो क्रिकेट करियरको १५ औं अन्तर्राष्ट्रिय शतक समेत पुरा गरे ।

देब्र हाते ब्याट्सम्यान वार्नरले जारी विश्वकपका चार खेलबाट २सय५५ रन बनाएका छन् ।

‘शतक पुरा गर्न धेरै समय लाग्यो,’ वार्नरले भने,‘यसअघि अफगानिस्तानविरुद्धको खेलमा म रिदमै नरहेको जसरी आउट भए, त्यसपछि वेष्ट इन्डिजविरुद्ध केही रन बटुलेर आउट भए भने केही अल्छी पनि गरे । भारतसँगको खेलमा मलाई उनीहरुले बोल्ड गरे । तर, मैले आफ्नो रिदम अनुसार खेल्न सक्दा शतक बनाउन पुगे ।’

विगत १ वर्षमा अन्तर्राष्ट्रिय खेलको प्रतिवन्ध लागेपछि शतक बनाएका वार्नरले मैदानमा सम्झनलायक सेलिब्रेसन गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : ४१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक