पहिले अर्काको गीतलाई आफ्नो भन्ने चलन थियो, अहिले सीधै ‘चोरी’ हुन्छन्: बाबु बोगटी « Khabarhub

पहिले अर्काको गीतलाई आफ्नो भन्ने चलन थियो, अहिले सीधै ‘चोरी’ हुन्छन्: बाबु बोगटी


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक/नायक बाबु बोगटीले संगीत क्षेत्रमा कुनै समय राज गरेका थिए । अहिले भने उनी संगीतको क्षेत्रबाट केही सुस्ताएका हुन् कि भन्ने संगीतप्रेमीलाई लागेको छ । बीचमा केही समय फिल्ममा पनि अभिनय गरेका बोगटी यतिबेला भने अमेरिका र नेपाल गरिरहेका छन् ।

स्टेज कार्यक्रममा भने बोगटी अहिले पनि उत्तिकै व्यस्त छन् । यतिबेला नयाँ म्युजिक भिडियोसहित बजारमा संगीतप्रेमीमाझ आउन लागेका बोगटीसँग खबरहबले छोटो कुराकानी गरेको छः

‘टिकुली’ लिएर आउँदै हुनुहुन्छ ? यो गीतमा त्यस्तो खास के छ ?

यो गीत लोक रोमान्टिक शैलीको गीत हो । गीतमा संगीत र स्वर मेरो आफ्नै छ । शब्द भने नारद रिजालले लेख्नुभएको हो । फागुनको दोस्रो हप्तामा हामीले गीतको भिडियोसमेत लञ्च गर्दैछौँ । भिडियोमा मैले र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छौँ । गम्भीर विष्टले निर्देशन गर्नुभएको छ । मेरो शैलीका गीत मन पराउनेले यो गीत मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

गायक/अभिनेता यश कुमारसँग तपाईंको राम्रो सम्बन्ध थियो । बीचमा गीत चोरी गरेको भन्दै तपाईंहरुबीच राम्रो सम्बन्ध भएन अहिले कस्तो छ ?

उहाँसँग अहिले पनि राम्रो सम्बन्ध छैन । म नेपालमा भन्द धेरै विदेशमै हुन्छु । समरभरि अमेरिकातिरै हुन्छु । काम पर्दा मात्र नेपालमा आउँछु । उहाँसग खासै कुरा भएको छैन ।

तस्वीर – बाबु बोगटीको फेसबूक

संगीत क्षेत्रमा अहिले गीत चोरी काण्ड निकै आउन थाले, यसलाई कसरी हेर्नुहुन्छ ?

मलाई अचम्म लाग्छ । संगीतकारहरुको सिर्जना सकिएको हो कि, उहाँहरुको समय नपुगेको हो भन्ने त थाहा भएन । तर, यसरी हुबहू चोरी गर्नु राम्रो कुरा होइन । गीतको कुनै कड मिल्ने कुरा त संयोग हुन सक्यो । तर हबहू चोरी पहिले अर्काको गीतलाई आफ्नो भन्ने चलन थियो । अहिले सीधै चोरी गर्ने चलन बढेको छ ।

‘देश खोज्दै जाँदा’ मा अभिनयको तारिफ निकै भयो तर फिल्ममा आउनुभएन नि ?

फिल्मका अफर आउँदै नआएका होइनन् । सो फिल्मपछि लामो समय अमेरिकातिर बसेँ । त्यसकारण पनि नेपालमा फिल्मका लागि भनेर समय दिन सकिनँ । दुई/चार लाखका लागि आफूलाई चित्त नबुझेको फिल्म किन गर्नु भन्ने लाग्न थाग्छ । फिल्ममा कमब्याक नभएको पनि लामो समय भएको छ । राम्रो प्रोजेक्टबाटै दर्शकलाई छाप पार्ने गरी कमब्याक हुने सोच हो ।

युट्युबमा पनि आफ्नै च्यानल बनाउनुभएको छ । प्रायः कलाकारले यही नै गरिरहेका हुन्छन् । फाइदा छ  ?

हो, च्यानल छ । पैसाको फाइदाभन्दा पनि यसलाई डिजिटल लाइब्रेरी बनाउने भनेर आफ्नै प्लेटफर्म बनाएको हुँ । पैसाभन्दा पनि अरुको च्यानलमा अपलोड गर्दा अरु कुराले समस्या पार्दोरहेछ । कतिपय आफ्नै भिडियोमा पनि कपीराइट लगाइदिने रहेछन् । पहिले बुझिएन । अहिले युट्युब मेरा लागि डिजिटल एल्बम् भएको छ । आफ्नो सम्पत्ति अरुलाई किन दिने भन्ने पनि लाग्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : १४ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी