सय जनाभन्दा कम कामदार विदेश पठाउने ४ सय बढी म्यानपावर खारेज हुँदै « Khabarhub

सय जनाभन्दा कम कामदार विदेश पठाउने ४ सय बढी म्यानपावर खारेज हुँदै


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वार्षिक सय जनाभन्दा कम वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनमा २०६४ संशोधन गरेर वार्षिक सय जनाभन्दा कम कामदार विदेश पठाउने म्यानपावर कम्पनी खारेज गर्ने कानूनी व्यवस्था ल्याएको छ ।

सोमबार बसेको कानून न्याय तथा मानव आधिकार समितिको बैठकले वर्षमा सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपवार व्यवसायीलाई खारेज गर्ने निर्णय गरेको छ ।

नेपाल ऐनमार्फत वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा समितिले कम्पनीलाई एक पटक मर्जर गर्ने अवसर दिने र अर्को पटक पनि सयभन्दा बढी कामदार पठाउन नसकेमा खारेज गर्ने निर्णय गरेको छ ।

समितिको उक्त निर्णयपछि वैदेशिक रोजगार विभागमा दर्ता भइ एक सयभन्दा कम कामदार रोजगारीमा पठाउन नसक्ने ४ सय ११ वटा म्यानपावर कम्पनी बन्द हुनेछन् । यी म्यानपावरले वर्षमा सयभन्दा कम कामदार वैदेशिक रोजगारीमा पठाउदै आएको विभागका तंथ्याकमा उल्लेख गरिएको छ ।

हाल, विभागबाट १ हजार ७२ वटा म्यानपावरले इजाजत पत्र लिएका छन् ।

सरकारसँग इजाजत लिएर कार्यालय पनि नखोल्न र वर्षमा सय जनासम्म वैदेशिक रोजगारीमा कामदार नपठाउने म्यानपावर कम्पनी धेरै रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चाँपगाई बताउँछन् । उनले भने, ‘राज्यले वैदेशिक रोजगारी क्षेत्र सुधार्न वैदेशिक रोजगार ऐन संशोधन गर्ने लागेको हो । पछिल्लो समय रोजगारीका नाममा धेरै नेपाली युवायुवती ठगिने क्रम बढदै गएको छ । रोजगारीका नाममा भइरहेको विकृति रोक्न पनि कडा कानून आवश्यक छ ।’

सरकारले ऐन संशोधन गरेर रोजगार व्यवसायी धराशयी बनाउन खोजेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्व उपाध्यक्ष कुमुद खनालको आरोप छ । ‘ऐन संशोधन गरेर व्यवसाय व्यवस्थीत गर्नुपर्छ भन्ने विषयमा म्यानपावर व्यवसायी पनि सहमत छन् । तर, संशोधित ऐनमा व्यवसायीलाई मात्र बन्देज लगाउने कानून बनाइँदै छ । सरकारले कानून बनाएर व्यवसाय गर्ने अधिकार खोस्नु हुँदैन’ उनले भने ।

समितिको बैठकले केही नेपाल ऐन संशोधन विधेयकमा वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण गर्दै धरौटी रकम समेत परिमार्जन गर्ने सहमति जनाएको छ ।

समितिले वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउनेलाई १ करोड नगद ३ करोड बैंक ग्यारेन्टी र पाँच हजारभन्दा बढी कामदार पठाउनेलाई २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने श्रम मन्त्रालयका प्रस्तावलाई बैठकबाट सहमति गरिएको हो । यस्तै, एकाघरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि गरेको छ ।

समितिले पारित गरेको विधेयक संघीय संसदको बैठकमा पेश गरिनेछ । संसदबाट विधेयक पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै म्यानपावरसम्बन्धी नयाँ व्यवस्था लागू हुनेछ ।

हाल, रोजगाीका खोजीमा मासिक संस्थागत (म्यानपावरमार्फत) ३० हजार युवा विभिन्न देश जाने गरेको विभागको तंथ्याक छ । नेपालबाट रोजगारीको खोजीमा संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देशमा श्रम स्वीकृति लिएर नेपाली जाने गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ११ बजे

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसर : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी,