काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखाको चुमनुम्ब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीमा लेदोसहितको बढी आएकाले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस मार्फत सचेत गराएको छ । महाशाखाले भनेको छ– बूढीगण्डकी नदीको चुमनुम्ब्री–६ बाट ठूलो बाढी आइरहेकोले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजाऔँ। उच्च स्थानमा बसौँ ।
प्राधिकरणका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ । बाढीको कारण खुल्न सकेको छैन ।














प्रतिक्रिया