सेनाको सपिङ कम्प्लेक्सदेखि वकिलको ‘ल कलेज’सम्म… « Khabarhub

सेनाको सपिङ कम्प्लेक्सदेखि वकिलको ‘ल कलेज’सम्म…


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जग्गा प्लटिङ कारोबारमा सक्रिय सेना शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । देशको भूमिरक्षा गर्ने दायित्व बेकेको राष्ट्रिय इन्चीटेप बोकेर कित्ताकाट गर्दै घडेरी बेचबिखनमा लागेको छ ।

सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारेबारमा समेत सेना सक्रिय छ ।

अब सपिङ कम्प्लेक्स बनाएर भाडामा दिने तयारीमा रहेको पत्रिकारले समाचार छापेको छ । त्यसैगरी सुन्दरीजलको पानी उद्योगमा पनि लगानी रहेको उल्लेख गरेको छ ।

सेनाका यस्ता विषयमा समयमै बहस गर्नुपर्ने सुरक्षाविज्ञ तथा सांसद दीपकप्रकाश भट्टले बताए । त्यसैगरी पूर्वउपरथी शिवराम प्रधानले सेनाले सपिङ कम्प्लेक्स बनाउन नहुने तर्क गरे ।

पूर्वउपरथी बिनोज बस्न्यातले सेना व्यापारउन्मूख भएको तर्क गर्दै संसारका धेरै मुलुकका सैनिकहरु यस्ता गतिविधिमा संगलग्न हुँदैनन् । दक्षिण एसियामा बंगलादेश र पाकिस्तानमा यस्तो भएको देखिन्छ । यो ठीक होइन ।

त्यसैगरी पत्रिकाले वकिलबाटै ठगिए सर्वोच्चका पूर्वन्यायाधीश शीर्षकमा अर्को समाचार छापेको छ । ल कलेज चलाउने भन्दै पौने तीन करोड ठगिएको जनाइएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरु नै अर्का एक अधिवक्ताबाट ठगिएका छन् । आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानूनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् ।

त्यसैगरी पत्रिकाले सीमासम्म भारतको जलमार्ग निर्माण शुरु शीर्षकमा अर्को समाचार छापेको छ । गण्डक नदीको नेपाली सीमासम्म बन्ने जलमार्गले नेपाल कसरी जोड्ने भन्ने अझै अन्योल छ ।

त्यस्तै एसइईका प्रश्न पत्र प्रदेश अनुसार फरक–फरक शीर्षकमा अर्को समाचार छापेको छ । अहिले ७२ सुरक्षाकर्मीको तीन घेरामा प्रश्नपत्र धमाधम छापिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : ०६ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्