नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने दवाव « Khabarhub

नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने दवाव


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ ।

आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यान्मा दुवै खेल जित्दै छ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो र भारत पनि समान तीन अङ्कसहित तेस्रो स्थानमा छ । इरान अहिलेसम्म अङ्ककविहीन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया