फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता « Khabarhub

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले महिलाको महिनावारी चक्र र प्रजनन स्वास्थ्यमा असर पारेको आशङ्कापछि यसको प्रयोग रोक्न तथा स्वतन्त्र अनुसन्धान गर्न माग उठेको छ । तर, वैज्ञानिक अध्ययनले अश्रुग्यास र प्रजनन स्वास्थ्य समस्याबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गरिसकेको छैन ।

जीवनयापनको बढ्दो खर्चविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनमा अश्रुग्यास प्रयोग भएपछि केही महिलाले पेट दुख्ने, अनियमित रक्तस्राव हुने र महिनावारी चक्रमा परिवर्तन आएको बताएका छन् । ‘ल्याक्रिमोस डे साङ’ अभियान समूहले यससम्बन्धी १० हजारभन्दा बढी उजुरी सङ्कलन गरेको जनाएको छ । यद्यपि, ती विवरण स्वतन्त्र चिकित्सकीय समीक्षाबाट पुष्टि भएका छैनन् ।

फ्रान्सेली प्रहरीले प्रयोग गर्ने सीएस रसायनयुक्त अश्रुग्यासले आँखा, छाला र श्वासप्रश्वास प्रणालीमा जलन गराउँछ । यसको सम्पर्कमा प्रदर्शनकारीसँगै बालबालिका, गर्भवती, वृद्धवृद्धा र प्रदर्शनस्थल आसपासका सर्वसाधारण पनि पर्न सक्छन् ।

सन् २०२० को अमेरिकाको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनमा अश्रुग्यास प्रयोगबारे एपीले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावसम्बन्धी अध्ययन र निगरानी सीमित रहेको देखाएको थियो ।

त्यसपछिको एक अध्ययनले अश्रुग्यासको सम्पर्क र प्रजनन स्वास्थ्यमा प्रतिकूल असरबीच सम्भावित सम्बन्ध देखाए पनि कारणात्मक सम्बन्ध पुष्टि गर्न सकेन । अध्ययनकी प्रमुख लेखिका आशा हसनले महिलाको महिनावारी तथा प्रजनन स्वास्थ्यमा पर्ने प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले भने अश्रुग्यासलाई भीड नियन्त्रणका लागि आवश्यक साधन भन्दै यसको प्रयोग रोक्ने माग अस्वीकार गरेका छन्। गृह मन्त्रालयले प्रकाशित कुनै पनि वैज्ञानिक अध्ययनले सीएसका कारण महिनावारीमा परिवर्तन वा गर्भपतन हुने पुष्टि नगरेको जनाएको छ । अधिकांश असर केही घण्टामै हराउने भए पनि केही लक्षण लामो समय रहन सक्ने मन्त्रालयले स्वीकार गरेको छ ।

मन्त्रालयले सन् २०२१ र २०२२ मा अश्रुग्यासको सम्पर्कबाट पर्ने प्रभावबारे अध्ययन गरेको जनाएको छ । तर, ती अध्ययनका प्रतिवेदन उपलब्ध गराउन एपीले गरेको अनुरोधको जवाफ दिएको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : १० बजे

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा – त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला

कोप ३१ सम्झौतामा विवाद

टर्किए- जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच विविध क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा