आज जनयुद्ध दिवस, प्रचण्ड, वैद्य र विप्लवका बेग्लाबेग्लै कार्यक्रम | Khabarhub Khabarhub

आज जनयुद्ध दिवस, प्रचण्ड, वैद्य र विप्लवका बेग्लाबेग्लै कार्यक्रम


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन १ गते विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाइँदैछ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर विभिन्न पार्टी गठन गरेका नेताहरुले बेग्ला बेग्लै कार्यक्रम गदैछन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताभएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रम आयोजना गरेको छ ।

विगत भन्दा फरक रुपमा दिवस मनाउने योजनासहित नेकपाले जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको नेकपा पार्टी कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाका अन्य नेताहरु पनि श्रद्धाञ्जिली कार्यक्रममा सहभागी भएपनि प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा सहभागी नहुने नेकपाले जनाएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्न मंगलबार विज्ञप्तीमार्फत निर्देशन नै दिएका थिए ।

त्यस्तै तत्कालीन माओवादीबाट छुट्टिएर बनेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले पार्टी कार्यालयमा जनयुद्ध दिवसको कार्यक्रम राखेको छ । त्यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शान्ति बाटीकामा कार्यक्रम गर्ने जनाएको छ ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको स्मरणमा माओवादीहरुले त्यसलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएका छन् । पार्टी एकतापछि नेकपाले यो पटक फरक रुपमा जनयुद्ध दिवस मनाउन लागेको नेकपा पार्टी कार्यालयका सचिव प्रभाव बुढाथोकीले जानकारी दिए ।

तत्कालिन नेकपा (माओवादी) ले सोही दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरेर सुरु भएको जनयुद्ध १० वर्ष जलेको थियो । माओवादीले चलाएको जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौँ घाइते र बेपत्ता छन् ।

२०६३ मंसिर ५ मा सरकार र तत्कालिन माओवादीबीच भएको वृहत शान्ति सम्झौतापछि सशस्त्र युद्ध समाप्त भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ०७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय