आज जनयुद्ध दिवस, प्रचण्ड, वैद्य र विप्लवका बेग्लाबेग्लै कार्यक्रम « Khabarhub

आज जनयुद्ध दिवस, प्रचण्ड, वैद्य र विप्लवका बेग्लाबेग्लै कार्यक्रम


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन १ गते विभिन्न कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाइँदैछ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर विभिन्न पार्टी गठन गरेका नेताहरुले बेग्ला बेग्लै कार्यक्रम गदैछन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताभएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रम आयोजना गरेको छ ।

विगत भन्दा फरक रुपमा दिवस मनाउने योजनासहित नेकपाले जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको नेकपा पार्टी कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाका अन्य नेताहरु पनि श्रद्धाञ्जिली कार्यक्रममा सहभागी भएपनि प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा सहभागी नहुने नेकपाले जनाएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्न मंगलबार विज्ञप्तीमार्फत निर्देशन नै दिएका थिए ।

त्यस्तै तत्कालीन माओवादीबाट छुट्टिएर बनेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले पार्टी कार्यालयमा जनयुद्ध दिवसको कार्यक्रम राखेको छ । त्यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शान्ति बाटीकामा कार्यक्रम गर्ने जनाएको छ ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको स्मरणमा माओवादीहरुले त्यसलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएका छन् । पार्टी एकतापछि नेकपाले यो पटक फरक रुपमा जनयुद्ध दिवस मनाउन लागेको नेकपा पार्टी कार्यालयका सचिव प्रभाव बुढाथोकीले जानकारी दिए ।

तत्कालिन नेकपा (माओवादी) ले सोही दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरेर सुरु भएको जनयुद्ध १० वर्ष जलेको थियो । माओवादीले चलाएको जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौँ घाइते र बेपत्ता छन् ।

२०६३ मंसिर ५ मा सरकार र तत्कालिन माओवादीबीच भएको वृहत शान्ति सम्झौतापछि सशस्त्र युद्ध समाप्त भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ०७ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा