ऋचा र सुरक्षाले गरे निश्चलको ‘फर्गो’ को विमोचन « Khabarhub

ऋचा र सुरक्षाले गरे निश्चलको ‘फर्गो’ को विमोचन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा लेखक निश्चल मल्लले उपन्यास ‘फर्गो’ बजारमा ल्याएका छन् । उनको उपन्यासको मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरियो ।

उपन्यासलाई नायिका ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुबिन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले उपन्यासको संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै नायिका ऋचा शर्माले कम उमेरमा उपन्यास लेखेका निश्चलको तारिफ गरिन् । उनले लेखक सौगातको तारिफ गर्दै उमेरमा कम भए पनि पुस्तकमा परिपक्वता देखिएको बताइन् ।

‘उन्नाइस/बीस वर्षको उमेरमा यत्तिको पुस्तक लेख्नु साँच्चिकै प्रशंसनीय काम हो, यसको भाषा मलाई मन परेको अर्को पक्ष हो ।’, ऋचाले भनिन् ।

तस्वीर – बूकहिल

साथै ऋचाले पुस्तक एक बसाइँमै पढेर सकेको पनि बताइन् । अर्की अभिनेत्री सुरक्षा पन्तले आफूलाई लेख्ने मान्छे विशेष लाग्ने गरेको बताइन् । यस्तै लेखक सुबिन भट्टराईले पनि आफ्ना पुराना दिन याद आएको बताए ।

सुबिनले व्यस्तताका कारण पुस्तक पढन् नपाएकाले पुस्तकका बारेमा नबोले पनि हरेक पुस्तक लेखकका लागि स्पेशल हुने भएकाले निश्चलका लागि पनि यो पुस्तक स्पेशल होस् भन्ने शुभकामना दिए ।

लेखक निश्चलले पुस्तकमा रोमान्स र रहस्य समेटेको बताए । उनले भने, ‘पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामा आफूले सोचेजस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ, जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामापनि पुस्तकमा अटाएको छ, पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ ।’

पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १२ : २० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ