विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन | Khabarhub Khabarhub

विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ ।

विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने गरी ठाउँ हेरिएको छ ।

विमानस्थलको धावनमार्गको बीचमै सो टाङ्गियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न करीब रु चार अर्ब लाग्ने अनुमान गरिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर ओम शर्माले भने, “मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टाङ्गियाबस्ती नै हो ।”

सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो विमानस्थलको निर्माण काम अगाडि बढाउन बस्ती अन्यत्र लग्नुपर्ने आवश्यकता रहेको छ । विसं २०३०–०३१ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा फिनल्यान्ड सरकारको सहयोगमा अहिलेको टाङ्गियावस्ती भएको सो ठाउँमा पुरानो रुख कटानगरी पुनःवृक्षारोपण गर्ने भनेर पश्चिमी पहाडबाट करीब १५० घरधुरीलाई ल्याएका थिए । पछि २०४६ सालको राजनीतिक परिवर्तन र माओवादी जनयुद्धताका जङ्गल फँडानी गरी बसेको बस्ती हो टाङ्गियाबस्ती ।

तामाङ, मगर, कामी, दमाईं, बाहुन, क्षेत्री जातिको बाहुल्यता रहेको सो बस्तीमा हाल एक हजार ४७६ घरधुरीका करीब १० हजार मानिस बस्दै आएका छन् । त्यहाँ रहेका करीब दुई हजार ६०० मतदाता प्रत्येक निर्वाचनमा मत खसाल्दै आएको छ । टाङ्गियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले भने, “बस्तीलाई अन्यत्र व्यवस्थापन गरिँदा मुआब्जा स्वरुप लालपूर्जासहितको जग्गा उपलब्ध गराएमात्र बस्ती अन्यत्र लग्न सकिन्छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सो बस्तीका बासिन्दा विगत ४२ वर्षदेखि सुकुम्वासीनै रहेकाले बस्ती अन्यत्र सार्दा प्रतिपरिवार दुई बिघा पाँच कट्ठाका दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थल बाहिर तीन किलोमिटर क्षेत्रभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनुपर्ने, एकघर एक रोजगारीको ग्यारेन्टी दिनुपर्ने, बस्ती व्यवस्थापन गर्दा १८ महिनासम्म रासनपानीको व्यवस्था गर्नुपर्ने तथा अन्यत्र सारिएको ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाङ्गियाबस्ती सरोकार समितिले सङ्घर्ष गर्दै आइरहेको छ ।

जङ्गल फँडानी गरी ७३१ बिघा १४ कट्ठा ऐलानी जग्गामा बसेका टाङ्गियाबस्ती–पूर्व पश्चिमी राजमार्गको पथलैया निजगढ सडकखण्डअन्तर्गत १६ किलोमिटर भन्ने ठाउँबाट दक्षिणतर्फ रहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड दिँदै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले भने, “टाङ्गियाबस्ती सार्नलाई नजिकै पसहा, हरैया र तामागढीजस्ता ठाउँ देखिएकाले यसबारेमा थप अध्ययन भइरहेको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को जितपुर सिमरा उपमहानगरपालिका–१६ मा पर्ने टाङ्गियाबस्तीका बासिन्दा एकै स्वरमा भन्छन्, हामी त ४२ वर्षदेखि सुकुम्वासी भएर जीवन गुजार्यो तर बस्ती अन्यत्र गएपछि आउने भावी सन्ततिले भने सुकुम्वासी भएर बाँच्नु नपरोस् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : १५ बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट