विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन « Khabarhub

विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ ।

विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने गरी ठाउँ हेरिएको छ ।

विमानस्थलको धावनमार्गको बीचमै सो टाङ्गियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न करीब रु चार अर्ब लाग्ने अनुमान गरिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर ओम शर्माले भने, “मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टाङ्गियाबस्ती नै हो ।”

सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो विमानस्थलको निर्माण काम अगाडि बढाउन बस्ती अन्यत्र लग्नुपर्ने आवश्यकता रहेको छ । विसं २०३०–०३१ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा फिनल्यान्ड सरकारको सहयोगमा अहिलेको टाङ्गियावस्ती भएको सो ठाउँमा पुरानो रुख कटानगरी पुनःवृक्षारोपण गर्ने भनेर पश्चिमी पहाडबाट करीब १५० घरधुरीलाई ल्याएका थिए । पछि २०४६ सालको राजनीतिक परिवर्तन र माओवादी जनयुद्धताका जङ्गल फँडानी गरी बसेको बस्ती हो टाङ्गियाबस्ती ।

तामाङ, मगर, कामी, दमाईं, बाहुन, क्षेत्री जातिको बाहुल्यता रहेको सो बस्तीमा हाल एक हजार ४७६ घरधुरीका करीब १० हजार मानिस बस्दै आएका छन् । त्यहाँ रहेका करीब दुई हजार ६०० मतदाता प्रत्येक निर्वाचनमा मत खसाल्दै आएको छ । टाङ्गियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले भने, “बस्तीलाई अन्यत्र व्यवस्थापन गरिँदा मुआब्जा स्वरुप लालपूर्जासहितको जग्गा उपलब्ध गराएमात्र बस्ती अन्यत्र लग्न सकिन्छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सो बस्तीका बासिन्दा विगत ४२ वर्षदेखि सुकुम्वासीनै रहेकाले बस्ती अन्यत्र सार्दा प्रतिपरिवार दुई बिघा पाँच कट्ठाका दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थल बाहिर तीन किलोमिटर क्षेत्रभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनुपर्ने, एकघर एक रोजगारीको ग्यारेन्टी दिनुपर्ने, बस्ती व्यवस्थापन गर्दा १८ महिनासम्म रासनपानीको व्यवस्था गर्नुपर्ने तथा अन्यत्र सारिएको ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाङ्गियाबस्ती सरोकार समितिले सङ्घर्ष गर्दै आइरहेको छ ।

जङ्गल फँडानी गरी ७३१ बिघा १४ कट्ठा ऐलानी जग्गामा बसेका टाङ्गियाबस्ती–पूर्व पश्चिमी राजमार्गको पथलैया निजगढ सडकखण्डअन्तर्गत १६ किलोमिटर भन्ने ठाउँबाट दक्षिणतर्फ रहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड दिँदै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले भने, “टाङ्गियाबस्ती सार्नलाई नजिकै पसहा, हरैया र तामागढीजस्ता ठाउँ देखिएकाले यसबारेमा थप अध्ययन भइरहेको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को जितपुर सिमरा उपमहानगरपालिका–१६ मा पर्ने टाङ्गियाबस्तीका बासिन्दा एकै स्वरमा भन्छन्, हामी त ४२ वर्षदेखि सुकुम्वासी भएर जीवन गुजार्यो तर बस्ती अन्यत्र गएपछि आउने भावी सन्ततिले भने सुकुम्वासी भएर बाँच्नु नपरोस् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : १५ बजे

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा