डीपीएल: काठमाडौं गोल्डेन्सको लगातार जीत, दोस्रो स्थानमा उक्लियो « Khabarhub

डीपीएल: काठमाडौं गोल्डेन्सको लगातार जीत, दोस्रो स्थानमा उक्लियो


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो खेलमा जीत हासिल गरेको छ । महेन्द्रनगर युनाइटेडमाथि ७ रनको रोमाञ्चक जीत हासिल गरेको लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सफल भयो ।

पहिलो खेलमा पनि हार बेहोेरेको महेन्द्रनगरका लागि अमरसिंह राउटेलाले नटआउट २८ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् ।

यस्तै, कप्तान शरद भेषावकरले २३ रन, आरिफ शेखले १८ रन, सुब्रमुनियम आनन्दले १५ रन तथा रोहित कुमार पौडेलले १० रन बनाए ।

महेन्द्रनगरविरुद्ध काठमाडौंका राशिद खानले उत्कृष्ट प्रर्दशन गरे । उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिए । यस्तै, अङ्कित डबासले २ विकेट तथा नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्र्रसिंह कार्कीले समान १—१ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि विदेशी खेलाडी अङ्कित डबासले सर्वाधिक ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन र मेहवुव आलमले १३ रन बनाए ।

काठमाडौंविरुद्ध महेन्द्रनगरका लागि अमरसिंह राउटेलाले २ तथा मोहमद नाभेद, अभिनास बोहरा र सागर ढकालले समान १—१ विकेट लिए ।

काठमाडौं गोल्डेन्स लगातार दुई खेलमा जीत निकाल्दै धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक बनाएको काठमाडौं रन रेटका आधारमा भने समान ४ अंक भएको रुपन्देहीभन्दा तल छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : २४ बजे

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद