जनकपुरमा लाखौंको डकैती, लुटेरा फरार « Khabarhub

जनकपुरमा लाखौंको डकैती, लुटेरा फरार


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकुपरको नगर क्षेत्रबाट मंगलबार राति करिव १ बजे करिव १० जनाको समुहमा आएका डाकाहरुले लाखौंको धनमाल लुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीका अनुसार, जनकपुरधाम उपमहानगरपालिका पिडाडीस्थित शोभित राउतको घरबाट लुटेराले ५ लाख ५७ हजार नगदसहित सुनको गरगहनासमेत लुटेर लगेका हुन् ।

घरेलु हतियारसहित लुटपाट गर्न पुगेका डाँकाहरुको समूले कुटपिट गर्दा राउतकी श्रीमती निर्मला देवी र उनको घरमा डेरा गरेर बस्दै आएका विकास साह घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको अहिले जनकपुरस्थित राम जानकी अस्पतालमा भइरहेको छ । घटनास्थलबाट मुजेलिया प्रहरी चौकी एक डेढ किलोमिटर रहेपनि प्रहरी ढिला गरी पुगेको पीडितहरुको आरोप छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ५८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका