हिउँद सकिने बेलाको हिउँ : कतै रमाइलो, कतै सास्ती (फोटो कथा) « Khabarhub

हिउँद सकिने बेलाको हिउँ : कतै रमाइलो, कतै सास्ती (फोटो कथा)


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आएको बदलीसँगै गतसाता देशका विभिन्न ठाउँमा झरी पर्‍यो । हिमाली र उच्च पहाडी क्षेत्रमा बर्षासँगै भारी हिमपात पनि भयो ।

मौसममा क्रमिक सुधार हुँदै गएपछि पहाडी क्षेत्रको हिउँ पनि पग्लिदै गएको छ । तर, केही ठाउँमा भने अझै पनि हिउँ बाकी छ ।

उच्च पहाडी क्षेत्रमा हिउँ बाँकी नै रहँदा कतिपय ठाउँमा रमाइला छ भने केही ठाउँमा हिउँका कारण सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

यी दुई तस्वीर अन्नपुर्ण पदमार्ग क्षेत्रका हुन् । पर्यटकहरु मनाङ चामे गाउँपालिका तिमाङको उकालो उक्लदैछन् ।

गतसाताको हिमपातका कारण पर्यटकहरुले पदमार्गमै हिउँसँग रमाउने मौका पनि पाएका छन् ।

यी दुई तस्वीर राससका लागि नवीन लामिछाने खिचिका हुन् ।


यी दुई तस्वीर भने हिमाली जिल्ला मुस्ताङका हुन् । घरपझोङ गाउँपालिका– ५ नमुना आधारभुत विद्यालय ठिनीमा हिउँको वास्ता नगरी विद्यार्थीहरु पढ्न गएका बेला राससका लागि रित मगरले तस्वीर खिचेका हुन् ।

मुस्ताङ जिल्लामा बुधबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ ।


यो तस्वीर पनि हिमाली जिल्ला मुस्ताङकै हो । बेनी–जोमसोम सडक खण्ड निर्माणका लागि खटिएका मजदुरहरु हिउँले ढाकेको जंगलमा त्रिपाल राखेर बसिरहेका छन् ।

यो तस्वीर राससका लागि निरज थकालीले खिचेका हुन् ।


यो एक अर्का तस्वीर छ, भोजपुर जिल्लाको । हिउँ परेपछि भोजपुरको मैयुङ डाँडामा देखिएको मनोरम दृष्यलाई राससका युवराज विष्टले क्यामेरामा कैद गरेका हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : २० बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर